बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा आर्थिक अनियमित बढ्दो ९ स्थानिय तहमा ७९ करोड बढी रकम बेरुजू

बाजुरामा आर्थिक अनियमित बढ्दो ९ स्थानिय तहमा ७९ करोड बढी रकम बेरुजू

सबैभन्दा बढी त्रिबेणी कम गौमुलमा

  • शनिबार, असार ३२, २०७९
बाजुरामा आर्थिक अनियमित बढ्दो ९ स्थानिय तहमा ७९ करोड बढी रकम बेरुजू

जंग रावल — महालेखा परीक्षकको कार्यलयले २०७८ को बार्षिक प्रतिवेदनमा बाजुरामा ७९ करोड बढी बेरुजू रहेको उल्लेख गरेको छ । ९ वटा स्थानिय तहको ७९ करोड ९३ लाख २८ हजार रहेको प्रतिबेदनमा उल्लेख भएको छ ।
आर्थिक बर्ष ०७६।०७७ सम्म बाजुराका ९ वटै स्थानिय तहमा बेरुजूको विवरण महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको हो । प्रतिबेदनमा सबै भन्दा बढी त्रिबेणी नगरपालिका र कम गौमुल गाउँपालिकामा रहेको छ ।
त्रिबेणी नगरपालिकामा १७ करोड ९२ लाख ३० हजार बेरुजू रहेको छ । कम गौमुल गाउँपालिकामा ३ करोड ६२ लाख ३५ हजार रहेको छ । बडिमालिका नगरपालिकामा ६ करोड ६५ लाख ४७ हजार रकम बेरुजू रहेको छ । त्यस्तै स्वामिकार्तिक खापर गाउँपालिकामा ९ करोड ६७ लाख ६९ हजार रहेको छ ।

No description available.
जगन्नाथ गाउँपालिकामा ६ करोड ५५ लाख ३० हजार, खप्तड छेडेदह गाउँपालिकामा ८ करोड २९ लाख ८१ हजार, हिमाली गाउँपालिकामा ८ करोड १५ लाख १४ हजार बेरुजु रहेको छ । त्यस्तै बुढिनन्दा नगरपालिकामा ११ करोड ९१ लाख ९७ हजार र बुढिगंगा नगरपालिकामा ७ करोड १३ लाख २५ हजार रकम बेरुजू रहेको छ ।
प्रचलित कानूनबमोजिम रीत नपु¥याई कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको र अनियमित तथा बेठीक तरीकाले आर्थिक कारोबार गरेको भेटिएमा महालेखाले त्यस्तो रकमलाई बेरुजु मान्छ । कतिपय बेरुजु प्रक्रिया नपुग्दा देखिन्छ भने कतिपय अनियमितताले हुन्छ । प्रतिबेदनका अनुसार कतिपय रकम भने फिर्ता गर्न उल्लेख गरेको छ । फिर्ता गर्न भनिएको बजेट सरासर भष्ट्रचार भएको कोलेनिका बाजुराका एक लेखापालले वताएका छन् ।
सार्वजनिक तथा सरकारी निकायमा आर्थिक अनुशासन र उत्तरदायित्वको कमीले बेरुजु बढ्दै गएको छ । आर्थिक अनुशासन कमजोर हुँदा वित्तीय प्रशासनमा अपेक्षित सुधार हुन सकेको छैन । आन्तरिक कार्यविधिको पालना, लेखा परीक्षण प्रतिवेदनको कार्यान्वयनको स्थितिलाई हेर्दा आर्थिक अनुशासनको पाटो कमजोर देखिन्छ । केही आर्थिक बर्षमा बेरुजू फरयौट गर्दै आएको भएपनि स्थानिय तह भइसकेपछि ३ आर्थिक बर्षमा यति धेरै बेरुजू हुनु भनेको ठुलो अनियमिता भएको नागरिक अगुवाको आरोप रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार