बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • देश
  • त्रिविकाे प्रश्नपत्र हुबहु हुनुमा प्राध्यापककै लापरबाही

त्रिविकाे प्रश्नपत्र हुबहु हुनुमा प्राध्यापककै लापरबाही

  • शुक्रबार, असार ३१, २०७९
त्रिविकाे प्रश्नपत्र हुबहु हुनुमा प्राध्यापककै लापरबाही

देशकै जेठो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो प्रतिष्ठा र विश्वास बढाउँदै लैजानुपर्नेमा उल्टै बदनामी कमाउन थालेको छ । त्रिविका उपकुलपति डा धर्मकान्त बाँस्कोटाले ‘प्रश्नपत्र बनाउने प्राध्यापकको लापरबाहीकै कारण प्रश्नपत्र हुबहु भएको’ प्रस्ट पारेका छन् ।

‘हुबहु प्रश्नपत्र प्रकरण’मा प्राध्यापक नै दोषी रहेको पाइएको बताउँदै उनले ‘प्रश्नपत्र बनाउने जिम्मा पाएका प्राध्यापकले अल्छी गरेर पहिले बनाएको प्रश्नपत्र नै दिने र अर्काले बनाएको प्रश्नपत्र सार्ने जस्ता समस्या देखिएको’ बताएका हुन् । त्रिवि शिक्षा तथा स्वास्थ्य समिति बैठकमा उपकुलपति बाँस्कोटाले ‘त्रिवि परीक्षामा प्रश्नपत्र हुबहु सम्बन्धमा सम्बन्धित प्राध्यापकलाई कारबाही गरिएको’ पनि जानकारी दिए ।

त्रिविले प्रश्नपत्र हुबहु सम्बन्धमा प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिकै सिफारिसमा तीन प्राध्यापकलाई कारबाही गरिएको उनले जानकारी दिए । यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ ।

चर्चामा

सम्बन्धित समाचार