बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • देश
  • सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो

सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो

  • बुधबार, असार २९, २०७९
सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो

काठमाडौं — गत आर्थिक वर्षमा बेरुजु १५.४६ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७६-७७ को तुलनामा २०७७-७८ मा संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र सार्वजनिक संस्थामा १५.४६ प्रतिशतले बेरुजु बढेको महालेखा परीक्षकले जनाएको छ ।

महालेखा परीक्षकको ५९ औं प्रतिवेदन अनुसार २०७७-७८ मा कुल बेरुजु रकम ४ खर्ब, ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

लेखा परीक्षणका क्रममा कानुन अनुसार पुर्‍याउनुपर्ने रीत नपुर्‍याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी ठहर भएको कारोबारलाई बेरुजु भनिन्छ ।

हेर्नुहोस् महालेखाको प्रतिवेदनको सारांश

चर्चामा

सम्बन्धित समाचार