मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • झुक्यायाै कामरेड

झुक्यायाै कामरेड

  • सोमवार, असार २७, २०७९
झुक्यायाै कामरेड

थाहा थिएन हामीलाई राजनीति के हाे
जानकारी थिएन हामीलाई पार्टी के हाे
तर कामरेड ,
तपाईंको त्यो राजनीति क्लास ले
हामीलाई राजनीति सिकायाे
हामीलाई पार्टी के हाे चिनारी गरायाे

हामीलाई थाहा थिएन सिद्धान्त के हाे
हामीले जान्दैनथेउँ रणनीति के हाे
तर कामरेड ,
हामीलाई सिद्धान्त सिकायाै
हामीलाई रणनीति सिकायाै

हामीलाई थाहा थिएन बिधान के हाे
हामीलाई थाहा थिएन कार्यनीति के हाे
तर कामरेड ,
हामीलाई बिधान र कार्यनीति पनि सिकायाै

कामरेड ,
सर्वहारा बर्ग काे अधिनायकत्व
बर्गसङघर्ष ,अनुशासन र गाेपनियता
अनि
कार्यशैली र कार्यक्षमता
जब बिस्तारै सिकाउदै गयाै
यतिबेला सम्म
हामी क्रान्ति काे सिपाही बनिसकेको थियाै
हाम्रो अात्मवल बढेको थियाे
हामी निडरताका साथ अघि बढ्ने
क्षमता राख्दथेउ
ज्वारभाटा सँग काे लडाइँ मा
बर्गिय लडाइँ मा हामी निखर हुदै थियाै
पार्टी प्रति काे अास्था ,भराेषा
बिस्वास बढेको थियाे
हामी पुर्ण रुपमा क्रान्ति का सिपाही बनेका थियाैं
सङगठनले दिएका जिम्मा पूरा गर्दै
सङगठन लाई फलाउन र फुलाउन
हामी निरन्तर अघि बढ्दै थियाैं

तर कामरेड ,
अाज हामीलाई सिकाएका सबै
नीति र सिद्धान्त हरु
अनुशासन र गाेपनियता हरु
तिमी अाफै भंग गर्दै छाै
अाफ्नै पार्टी र सङगठन प्रति
विषम बम बनेर प्रहार गर्दै छाै
अाफैले स्विकार गरेका
नीति र कार्यक्रम लाई किन गलत भनिरहेका छाै ?

कामरेड ,
हाम्राे अाषा ,भराेषा र बिस्वास माथि
कुठाराघात गर्दै
तिम्रो महत्वकाङक्षा र वैमनस्यता ले
हामीलाई झुक्यायाै कामरेड
हामीलाई झुक्यायाै !

सायद हामीले तपाईं माथि
धेरै बिस्वास गर्नु गलत थियाे हाेला
हामीले तपाईं लाई समय मै चिन्न नसक्नु
हाम्रो कमजोरी थियाे हाेला
अब बिस्तारै हामीले चिन्दै छाै कामरेड

कामरेड ,
याे सरासर गलत छ
तिमी ले हामीलाई मात्रै झुक्याएनाै
जनता प्रति बिस्वासघात गरेउ
रास्ट प्रति गद्दारि गर्दै छाै
जनता ,रास्ट र हामीलाई झुक्याउँदै छाै
तर ,कामरेड
हामी झुक्किने छैनाै ।

चर्चामा

सम्बन्धित समाचार