बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • क्रिकेट
  • लिग टु क्रिकेट : नेपालले आज नामिबियासँग खेल्ने

लिग टु क्रिकेट : नेपालले आज नामिबियासँग खेल्ने

  • सोमवार, असार २७, २०७९
लिग टु क्रिकेट : नेपालले आज नामिबियासँग खेल्ने

काठमाडौं — आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ ।

नेपालले लिग टु मा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो । यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हुनेछ ।

लिग टु मा नेपाल र नामिबियाबीच एक अंकको मात्र अन्तर छ ।

नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा छ । १५ खेलबाट १४ अंकसहित नामिबिया छैटौं स्थानमा छ । नामिबियालाई पराजित गरेमा नेपालले अंकदूरी बढाउने छ । नामिबिया भने नेपाललाई हराएर अंकतालिकामा सुधार गर्ने लक्ष्यमा छ ।

शृंखलाको पहिलो खेलमा नामिबिया घरेलु टोली स्कटल्याण्डसँग पराजित भएको थियो ।

नेपाल-नामिबियाको खेल दिउँसो सवा तीन बजेदेखि सुरु हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार