शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • १०२ जनामा कोरोना संक्रमण पुष्टि

१०२ जनामा कोरोना संक्रमण पुष्टि

  • शनिबार, असार २५, २०७९
१०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं — पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ ।

१५३९ पीसीआर परीक्षणमा ७२ र एक हजार ७६ एन्टिजेन परीक्षणमा ३० जना गरी १०२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार