गजल!

  • बिहिबार, असार २३, २०७९
गजल!

तिमीले भन्छौ देशले प्रगती गर्न सकिन,
बहुदल आएपछि एक रत्ती गर्न सकिन।

रैछन सरकार भित्रनै डांकाहरू बसेका,
त्यसैले पनि त भनिए जती गर्न सकिन।

देशलाई असफलता मा डोराउने मन्त्री,
त्यहाँ कुनैले उस्को विमती गर्न सकिन।

बचावमा भन्न थाले त्यो त निर्दोश थ्यो,
अर्थमन्त्रि जस्तोले त खती गर्न सकिन।

सीसी केमरा छिया छिया गरायो बिचरा,
भ्रष्टचार संसदमा भताभती गर्न सकिन।

चुहावट भयपछि कसरी हुन्थो बिकास,
देशले तरक्किनै अलिकती गर्न सकिन।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार