आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • स्थानिय तह निर्वाचन : बाजुराको बुढिगंगामा ३७ प्रतिशत मत खस्यो

स्थानिय तह निर्वाचन : बाजुराको बुढिगंगामा ३७ प्रतिशत मत खस्यो

  • बिहिबार, असार २३, २०७९
स्थानिय तह निर्वाचन : बाजुराको बुढिगंगामा ३७ प्रतिशत मत खस्यो

बाजुरा — बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न ७ बजे देखी सुरु भएको मतदानमा ३७ दशमलव ३६ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखी ११ बजे सम्मको मतादन तथ्याङ्कअनुसार ३७ दशमलव ३६ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको हो । बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा ३७ दशमलव ३६ प्रतिशत मत खसेको जिल्ला निर्बाचान कार्यालयले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताएका छन । १० वटा मतदानस्थलमा १३ हजार ६ सय ५९ मतदाता रहेको बुढिगंगा नगरपालिकाको मतदानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वको टोली खटाइएको प्रमुख जिल्ला अधिकारीले बताएका छन । अहिलेसम्म शान्तीपूणर् मतदान भईरहेको डिएसपी थापाले बताए ।
गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो । निर्वाचन आयोगले गरेको स्थलगत अध्ययनले पुनःनिर्वाचन गर्ने निष्कर्ष निकालेको थियो । निर्वाचन पुनः हुनुपर्ने माग गर्दै अदालतमा मुद्दासमेत परेको थियो । पछि सर्वदलीय सहमतिका आधारमा पुनः निर्वाचनको मिति तय गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार