गजल!

  • मङ्लबार, असार २१, २०७९
गजल!

जन बिरोधी देशभित्र प्रसाशन भएपछि,
पुजिँवादको मूल एजेण्डा धन भएपछि।

भ्रष्टचारीको राजछ मकै बेच्ने जेलभित्र,
कस्को के लाग्यो र हातमा गन भएपछि।

कति दिन सम्म नी टिक्ला यो ब्यबस्था,
गरिब हरू माथी यसरी दमन भएपछि।

शंघर्षको आंधि वेरी आउँनेछ एक दिन,
अन्याय थिचो मिचो जन जन भएपछि।

हुंदैन जेल नदी नाला जङ्गल बेच्नेलाई,
ठाउँठाउ पहिरोगयो उत्खनन भएपछि।

बिड्मबना मकै पोल्नेलाई जेल चलान,
लाज लाग्छ यस्तो पागल पन भएपछि।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार