आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेपाली सेनाका जवानले श्रीमतिलाइ मरणासन्न हुने गरि कुटे

नेपाली सेनाका जवानले श्रीमतिलाइ मरणासन्न हुने गरि कुटे

जिल्ला अस्पताल बाजुरामा उपचार हुदै

  • सोमवार, असार २०, २०७९
नेपाली सेनाका जवानले श्रीमतिलाइ मरणासन्न हुने गरि कुटे

बाजुरा — नेपाली सेनामा कार्यरत सेनाका जवानले श्रीमतिलाई मराणसन्न गरि कुटपिट गरेका छन् । बाजुराको बडिमालिका ६ कोर्ध घर भएका नेपाली सेनाका जवान लाल बहादुर खड्काले १९ बर्षिय श्रीमति मालती बिष्टलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका सुचना अधिकारी तथा प्रहरी निरिक्षक गिन्द्र बोगटीले वताएका छन् ।
नेपाली सेनामा कार्यरत लाल बहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइते मालती बिष्टको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । प्रहरीका अनुसार खड्काले यो भन्दा पहिला पनि श्रीमतिलाई पटक पटक कुटपिट गरेको प्रहरीका कहाँ अब कहिले कुटपिट नगर्ने गरि कागज बनाएको वताएको छ ।
घाइते मालतिले भनिन्, आईतबार साँझ बाजुराको सदरमुकाम मार्तडीमा रहेको नेपाल टेलिकम नजिकै आफुमाथि कुटपिट गरेको वताईन् । टाउकोमा ढुङ्गाले हिर्काएर कुटपिट गरेको मालतिले वताईन् । मालतिको टाउको र मुखमा गम्भिर चोट लागेको स्वास्थ्यकर्मीले वताएका छन् ।
घाइते मालतिलाई महिला अधिकारकर्मीले उद्धार गरेर अस्पताल पुयाएको थियो । कुटपिट पछि श्रीमति मरि भनेर श्रीमानले छोडेर गएको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रकी मनोपरामर्शकर्ता जानकि चन्दले वताईन् । साँझ श्रीमान बाट कुटपिट भएकि मालतिलाई राति उद्धार गरेर १२ बजे मात्र अस्पताल पुयाएको चन्दले वताईन् ।
मालतिले भनिन्, पटक पटक श्रीमानले आफु माथि कुटपिट गर्दै आएको वताईन् । धेरै पटक आफुलाइ मार्ने लागेको आफु बाच्न सफल भएको वताईन् । आइतवार साँझ पनि आफुलाई घर बाट भुल्याएर ल्याएको मार्तडीमा गाडिबाट झर्ने बितिकै आफुमाथि मार्ने गरि कुटपिट भएको उनले वताईन् । कुटपिटको एकघण्टा पछि होस आएर महिला अधिकारकर्मीको सम्पर्कमा आएको उहाँहरुले अस्पतालमा पुयाएको मालतिले वताईन् ।

चर्चामा

सम्बन्धित समाचार