मङ्लबार, जेष्ठ ८, २०८१

गजल!

  • शनिबार, असार १८, २०७९
गजल!

उत्खनन् र फडानी गर्दा पहिरो जान्छ,
प्राकृतीसँग नादानी गर्दा पहिरो जान्छ।

कमिसनमा बांचेको यही सरकार पनि,
जनतासँग वेइमानी गर्दा पहिरो जान्छ।

ठेक्काकै बाटो थोत्रा बहान गुडे मातमै,
त्यस्तो जानि जानी गर्दा पहिरो जान्छ।

अनाबस्याक खर्च कटौति गरेर बनाऔं,
मूल बाटो न लगानी गर्दा पहिरो जान्छ।

ढुङ्गा माटोझै रूख माटोको सम्बन्छ हो,
प्राकृतीमा नोक्सानी गर्दा पहिरो जान्छ।

सरकार इतिहाश पढौं जार र हिटलरकै,
सर्व शक्तिमान ठानी गर्दा पहिरो जान्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार