मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • मनिस किन मर्छन अकाल थाहा छैन

मनिस किन मर्छन अकाल थाहा छैन

  • शुक्रबार, असार १७, २०७९
मनिस किन मर्छन अकाल थाहा छैन

मनिस किन मर्छन अकाल थाहा छैन,
हुन्छ घर भित्र किन बबाल थाहा छैन।

केटौले पनमा लगाय मायाँ गरे बिबहा,
किनछैन भबिस्यकै खयाल थाहा छैन।

अब बुढा बुढिले पनि डिपोर्श गर्नथाले,
कस्तो भयो समाजिक जाल थाहाछैन।

भबिस्य तिर ध्यानछैन लाला बालाको,
जिन्दगिको मत्लबकै सवाल थाहाछैन।

हुन्छ झग्डा मर्छन छाडी जान्छन कोही,
कस्को भरमा बांचलान लाल थाहाछैन।

हामिले सुखःको खोजिमानै दुःख पायौं,
खुसहाल घर नी भयो कङ्गाल थाहाछैन।

चर्चामा

सम्बन्धित समाचार