शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • सोनिया गान्धीका निजी सचिवलाई बलात्कार आरोप

सोनिया गान्धीका निजी सचिवलाई बलात्कार आरोप

  • मङ्लबार, असार १४, २०७९
सोनिया गान्धीका निजी सचिवलाई बलात्कार आरोप

एजेन्सी — भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धीका निजी सचिवलाई बलात्कार आरोप लागेको छ। दिल्लीको उत्तम नगर प्रहरी चौकीमा एक दलित महिलाले सोनियाका निजी सचिव पीपी माधवनविरुद्ध जागिर र विवाहको बहानामा बलात्कार गरेको आरोपमा उजुरी दायर गरेकी हुन्।

२६ जुनमा दिल्लीको उत्तम नगर पुलिस स्टेशनमा एफआईआर दर्ता गरिएको छ। महिलाले एफआईआरमा उनको पतिले काँग्रेस कार्यालयमा होर्डिङहरू राख्ने काम गर्ने गरेको र उनको दुई वर्षअघि निधन भएको थियो। त्यसपछि उनले कामका लागि पीपी माधवनसँग सम्पर्क गरेकी थिइन्।

माधवनले आफूलाई जागिर र विवाहको बहानामा पटकपटक बलात्कार गरेको महिलाको आरोप छ। यता माधवनले भने उक्त महिलालाई आफूले चिनेको तर आरोप झुटो भएको बताएका छन्। एफआईआरका अनुसार २१ जनवरी २०२२ मा माधवनले महिलालाई पहिलो पटक आफ्नो घरमा बोलाएका थिए। माधवनले उनलाई आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद भएको बताएका थिए।

त्यसपछि ती महिला र माधवनलाई पटकपटक भेटेको र यस क्रममा आफूसँग जबरजस्ती गरेको कुरा उल्लेख गरेकी छन्। महिलाको उजुरीको आधारमा उत्तम नगर पुलिस स्टेशनमा माधवनविरुद्ध धारा ३७६, ५०६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। यसबारे थप अनुसन्धान हुँदैछ।

चर्चामा

सम्बन्धित समाचार