शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • आजबाट तीन दिन मनसुन थप सक्रिय हुने, यी प्रदेशमा हुनेछ भारी वर्षा

आजबाट तीन दिन मनसुन थप सक्रिय हुने, यी प्रदेशमा हुनेछ भारी वर्षा

  • मङ्लबार, असार १४, २०७९
आजबाट तीन दिन मनसुन थप सक्रिय हुने, यी प्रदेशमा हुनेछ भारी वर्षा

आजबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ ।

आज प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

पूर्वी नेपालका केही स्थानमा गए रातिदेखि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण राति १२ बजेदेखि झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे, दोमुखा– कन्काई र आसपास भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारी वर्षाका कारण पहिरो, भू–क्षय तथा उच्च बहावको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले यसअघि नै विशेष बुलेटिन जारी गर्दै जनाइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार