शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • सुपबाट अंग्रेजी अक्षर खोजेर विश्व कीर्तिमान !

सुपबाट अंग्रेजी अक्षर खोजेर विश्व कीर्तिमान !

  • सोमवार, असार १३, २०७९
सुपबाट अंग्रेजी अक्षर खोजेर विश्व कीर्तिमान !

काठमाडौं — हरेक मानिसमा केही न केही प्रतिभा हुन्छ । कसैमा खाना बनाउने सीप हुन्छ भने कसैमा अन्य कामको कला ।

यस्तै प्रतिभाका कारण धेरै मानिसहरुले विश्व कीर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखाएका हुन्छन् । अमेरिकाको ओरेगनमा बस्ने ज्याकब चान्डलरले पनि यस्तै अनौठो काम गरेर रेकर्ड कायम गरेका छन् ।

चान्डलरले सुपबाट A देखि Z सम्मका अंग्रेजी अक्षरहरु सबैभन्दा छोटो समयमा खोजेर गिनिज बुकमा नाम लेखाएका हुन् ।

ज्याकबले सुपबाट सबै २६ वटा अक्षरहरु फेला पारेर जम्मा २ मिनेट ८.६ सेकेण्डमा क्रमैसँग राख्न सफल भए ।

सोसल मिडियामा उनको उक्त किर्तिमानी कार्यको भिडियो भाइरल बनेको छ ।

आफ्नो अनौठो विश्व किर्तिमानका बारेमा बोल्दै ज्याकबले सुरुमा धेरैपटक अक्षरवाला सुप खाएको भएपनि त्यसका अक्षर मिलाएर कीर्तिमान राख्न सकिन्छ भन्ने सोँच आफुलाई पछि मात्रै आएको बताउँछन् ।

विश्वकिर्तिमानीको सपना पूरा गर्नका लागि कडा मेहेनत गरेको बताउने ज्याकब आफ्नो उपलब्धीबाट ११ वर्षको छोराले प्रेरणा लिओस् भन्ने चाहन्छन् ।

कीर्तिमान कायम गर्ने क्रममा ज्याकबले क्यानभित्रको सुपलाई कचौरामा हाल्दछन् र चम्चाको सहयोगले त्यसबाट सबै अंग्रेजी अक्षर खोजेर क्रमैसँग राख्दछन् । यसो गर्नमा उनलाई जम्मा २ मिनेट ८.६ सेकेण्ड लागेको थियो । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार