बिहिबार, चैत्र १५, २०८०

गजल!

  • आइतवार, असार १२, २०७९
गजल!

नीजि स्वार्थमा धेरैले दल बदल गर्छन,
आपस मा हान थाप अनि कल गर्छन।

त्यो नेताले हाम्रो देशको के भलो गर्ला,
पद प्रतिष्ठाको लागि नै छलफल गर्छन।

आफुले गुट बनाएर मनपरि गर्न नपाई,
सधै भरी भित्र र बाहिर खलबल गर्छन।

कसै कसैले निजी सम्पत्ती झैं सम्झिदां,
देशका होनहार सिपाई वेदखल गर्छन।

अचम्मै लाग्छ जि हजूरका पार्खि देखी,
राम्रो काम गर्नेलाई पनि बिफल गर्छन।

यस्तै रूझानका नेता देश भित्र धेरैभए,
सधै सत्ता र भत्ताको लागी बल गर्छन।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार