शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • जिन्दगिमा आ आफ्नै आयाम हुन्छन

जिन्दगिमा आ आफ्नै आयाम हुन्छन

  • शनिबार, असार ११, २०७९
जिन्दगिमा आ आफ्नै आयाम हुन्छन

सबैका जिन्दगिमा आ आफ्नै आयाम हुन्छन,
भिज्छ सिरानी कसैको त शुन्दर साम हुन्छन।

लेख्नेहरूले मुना मदनको कथा मात्र लेख्दा,
अन्य प्रेमिल जोडाहरू किन बद्नाम हुन्छन।

कथा सबैकाहुन्छन हुँदैन बृक्ष हवा नलागेको,
फरक यत्तिमात्रहो कसैका रित्ता खाम हुन्छन।

एउटा देशभक्तले देशको लागीनै ज्यान दियो,
भयनन् प्रदर्शन कथा राख्ने पनि ठाम हुन्छन।

अहिले कथालाई मर मसला लगाएर पस्किए,
किन कि रङ रोगन गर्न उनि सँग दाम हुन्छन।

गरिब भित्र लुकेका मर्छन सँगै तमाम प्रतिभा,
किन नभनौ मित्र ति पैसाबिना वेकाम हुन्छन।

चर्चामा

सम्बन्धित समाचार