शुक्रबार, बैशाख ७, २०८१

गजल!

  • बिहिबार, असार ९, २०७९
गजल!

यदी बिमारछ भने उपचार गर्नैपर्छ,
रोगी सँग रचनात्मक प्यार गर्नैपर्छ।

मानिस भई जन्मिदा मात्र न पुग्ला,
ब्यबहारपनि तिखार बटार गर्नैपर्छ।

सांचै काट्छ फलामले फलामलाई,
फलाममैपनि उस्तै तिखार गर्नैपर्छ।

हुन्छ मानिस भएपछि दुःख बिमारी,
एक आर्कालाई नि उपकार गर्नैपर्छ।

भन्छन परिवर्तन भएन देश भित्रमा,
क्रान्ति गर्न त तैयार आधार गर्नैपर्छ।

साहित्येकार समेत क कस्ता भेट्टिए,
हो सबै सँग मिठो ब्यबहार गर्नैपर्छ।

त्यही मित्र बनेर मजधारमा छाड्यो,
ज्युनका लागि शमुन्दर पार गर्नैपर्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार