गजल!

  • मङ्लबार, असार ७, २०७९
गजल!

सधै महंगिको मारले हुनेहार भयो जनतामा,
सम्लिनै नसक्किने दिकदार भयो जनतामा।

पेट्रोल मात्रै खाने घोडा हुन्छन् हिंजो आज,
खर्च ले देश छोड्ने आधार भयो जनतामा।

महंगी उस्तैछ भ्रष्टचारले जनजिवन मुर्झायो,
सधै बिष पिलाउने सरकार भयो जनतामा।

मतदान गरेर सिखरमा पुराउँने जनतानै हुँन,
सरकारकै तोफाले त बिमार भयो जनतामा।

हामिले भनेकै हौं न देशको न यो जनताको,
फेरिपनी किन उसैसँग प्यार भयो जनतामा।

सयौं पल्ट काटेर एक पल्ट चाटेपछि हेरौं त,
भन्छन फेरिपनी उस्तै उद्धार भयो जनतामा।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार