बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • तराइमा देखीने कालाजारका बिरामी बाजुरा पनि भेटिए

तराइमा देखीने कालाजारका बिरामी बाजुरा पनि भेटिए

  • बिहिबार, असार २, २०७९
तराइमा देखीने कालाजारका बिरामी बाजुरा पनि भेटिए

बाजुरा– तराईका जिल्लामा देखिने कालाजार रोग बाजुरामा पनि देखा पर्न थालेको छ । बाजुराको उत्तरी क्षेत्रका स्थानिय तहमा कालाजारका बिरामी भेटिएको बुढिनन्दा नगरपालिका स्वास्थ्य सह संयोजक ओमजङ्ग शाहिले वताएका छन् ।
स्वामिकार्तिक खापर गाउँपालिका ३ बस्ने २ बर्षका कपुर लोवार अस्पताल बाजुरामा उपचार गर्न पुगे । त्यहाँ उनलाई प्रयोगशाला परिक्षण गर्दा कालाजार भेटिएको अस्पताल बाजुराले जनाएको छ । कपुरलाई अस्पताल बाजुराले थप उपचारका लागि धनगढी पठाएको छ । बाजुरामा पनि उपचार हुन्थ्यो औषधि नभएकाले धनगढी रिफर गरेको अस्पतालले जनाएको छ ।
बाजुरामा जिल्लामा २ बर्ष यता १३ जनामा चेकजाच गर्दा कालाजार भेटिएको छ । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा १२ र एक जिल्ला अस्पताल बाजुरामा गरि १३ जनामा कालाजार भेटिएको छ । कालाजार कर्णाली नदि सँगै जाडिएको स्वामिकार्तिक खापर, जगन्नाथ, हिमाली गाउँपालिका र बुढिनन्दा नगरपालिकामा भेटिएको हो ।
कालाजारको उपचार बाजुरामा हुने भनेपनि कहिले औषधि नहुने समस्याले जिल्ला बाहिर नेपालगञ्ज, धनगढी, सुर्खेत जानुपर्ने बाध्यता रहेको छ । बाजुरा बाट रिफर गरेर धनगढी नेपालगञ्ज पठाइने गरेको अस्पताल बाजुराले जनाएको छ । तराई मात्र देखिने यो रोग पहाडि क्षेत्रमा देखिने कालाजार सरुवा रोग भएकाले समयमै सरकारको ध्यान जान जरुरी रहेको नागरिक अगुवा प्रदिपराज जैशीले वताएका छन् ।
कालाजार रोग तराई जिल्लामा मात्र देखा पर्ने रोग हो । पछिल्लो समयमा पहाड तिर पनि देखा पर्ने थालेको छ । यो रोग भुसिनाको टोकाइ बाट हुने र भुसिनाको टोकाइ बाट सर्ने रोग हो । यो रोगको लक्षण ज्वरो आउने, तौल घटने, कलेजो र फियोमा असर पार्ने र अन्य संक्रमण फैलिएर मृत्यु हन सक्ने रहेको डा. जस्मिता बलमपाकिले वताईन् । कालाजारको उपचार बाजुरामा हुदैन्, । उपचारका लागि नेपालगञ्ज धनगढी जानु पर्ने रहेको स्वास्थ्यकर्मीले वताएका छन् ।
कोल्टि क्षेत्रमा २ बर्ष पहिला कालाजार बाट एकजना वालिकाको मृत्यु समेत भएको थियो । स्वामीकार्तिक गाँउपालिका ५ जेरा बस्ने १३ बर्षिय भाग्य शाहिको उपचारका क्रममा काठमाडौको कान्ति वालअस्पतालमा मृत्यु भएको थियो । कोल्टिमा उपचारका लागि ल्याईएको थियो कालाजार बाट उनको अबस्था गम्भिर भएकाले काठमाडौ रिफर गरयौ त्यस्तै मृत्यु भएको स्वास्थ्य केन्द्रले जनाएको छ । स्वास्थ्य कार्यलय बाजुराका प्रमुख महेश चन्दले भने त्यो क्षेत्रमा कालाजार रोग देखा परेको बताएका छन् । जाँच देखी उपचार सम्म निशुल्क
यो क्षेत्रमा ३ बर्ष पहिला मलरिया रोग समेत देखा परेको थियो । अहिले फाटफुट रुपमा कालाजार देखा परदै आएको स्वास्थ्यकर्मीले वताएका छन् । बाजुराका बुढिन्नदा नगरपालिका, स्वामिकार्तिक, हिमाली र जगन्नाथ गाँउपालिका निकै जोखिम रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । यी स्थानिय तह निकै बिकट भएकाले कालाजार सम्बन्धि चेतना र नियन्त्रणका लागि पहल नगरे माहामारी फैलन सक्ने स्वास्थ्यकर्मीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार