शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ
  • बझाङको बिध्यालय भवन निर्माणमा ढिलासुस्ती:डोजर कट्कट्याउदै दिन टार्ने

बझाङको बिध्यालय भवन निर्माणमा ढिलासुस्ती:डोजर कट्कट्याउदै दिन टार्ने

  • बिहिबार, असार २, २०७९
बझाङको बिध्यालय भवन निर्माणमा ढिलासुस्ती:डोजर कट्कट्याउदै दिन टार्ने

अर्थ जङ शाही बझाङ  — बझाङमा बिध्यालय भवन निर्माणमा ढिलासुस्ती:डोजर कट्कट्याउदै दिन टार्ने जिल्लाको एकमात्र बहुप्राविधिक शिक्षालयको भवन निमार्णमा ठेकेदार र सरोकारवाला निकार्यको लापरवाहिले गर्दा बिद्यार्थीहरुको पढाई प्रभाबित भएको छ ।

जयपृथ्वी नगरपालिका वडानम्बर– ६ अठाला स्थिीत निर्माणधीन अवस्थामा रहेको शहिद वृष बहादुर सिंह बहुप्राविधिक शिक्षालय भवन निर्माण अलपत्र अवस्थामा रहदाँ बिद्यार्थीहरुको पढाई प्रभाबित भएको हो । नेपाल सरकार अन्तरगर्तको सिटीभिटीबाट शहिद वृर्ष बहादुर सिंह वहुप्राविधिक शिक्षालय भवन निमार्णका लागि २०७८ सालमा १ करोड १८ लाख रकम आएको थियो ।

शिक्षालय निमार्णका लागि टेन्डर आवहा्न गरी २०७८ जेठ ४ गते अनमोल निर्माण सेवा बझाङका संचालक तथा ठेकेदार हेमन्त भण्डारीले १ करोड १८ लाख को भवन निमार्णको काम ४८ प्रतिशत विलो हाली ५९ लाखमा भवन निमार्ण गर्ने भनि कामको जिम्मा लिएका थिए । निमार्ण कम्पनी र शिक्षालय बिच भएको सम्झौता अनुसार ठेकेदारले काम नगरी भवन निमार्ण अहिले अलपत्र अवस्थामा छ । सम्झौता भएको उक्त बहुप्राविधिक शिक्षालय भवन ०७८मंसिर महिना भित्र निर्माण गरिसक्नुपर्ने भनिएको भएता पनि ठेकेदारको र सरोकारवालाको चरम लापरबाहिले निमार्ण कार्यमा ढिलाई भएको स्थानीयको गुनासो रहेका छ ।

भवन निर्माणको टेन्डर पाएको अनमोल निर्माण सेवाका संचालक तथा ठेकेदार हेमन्त भण्डारीलाई काम गर्न पटकपटक ताकेता, आग्रह र आह्वान गर्दा पनि उनले कुनै वास्ता नगरेको बहुप्राविधिक शिक्षालयका प्राविधिक कविन्द्र खड्काले बताए । उनले भने पठनपाठन गर्नको लागि कक्षा कोठा प्राप्त छैन् । सम्झौता मिति भन्दा एक बर्ष ढिलाई भैसकेको छ । यहि जेठ ३० गते शहिद वृष बहादुर सिंह वहुप्राबिधिक शिक्षालयका संचालक समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बाबुराम आर्यालको नेतृत्वमा बैठक बसी ठेकेदारलाई छिटो काम गर्न ताकेता गरिएको थियो तर अहिले सम्म निमार्ण कार्य भएको छैन् प्राबिधिक खड्काले बताए । माथिल्लो तल्लाको निमार्णकार्य गनु पर्ने ७ कोठे विद्यालय भवनमा अहिलेसम्म ४२ वटा पिल्लर मात्रै राखेको छ ।

ठेकेदारले मंसिर महिनामा काम सम्पन्न गर्छुँ भनेका थिए तर १ बर्ष बित्दा समेत उनले कामप्रति कुनै वास्ता नगर्दा ढिलाई भएको हो । ठेकेदार भण्डारीले ७८ मंसिर महिना भित्र सम्पन्न गरिसक्नुपर्ने काममा जोड दिन आनाकानी गरे, दस्रो पटक चैत महिना भित्र निर्माणाधीन भवनको काम सम्पन्न गर्छुँ भनेर सम्झौता पनि गरेका थिए तर एक बर्ष बितीसक्दा पनि भवन अलपत्र रहेको छ । बहुप्राबिधिक शिक्षालयमा हाल आई एसी एजि र डिप्लोमा इन् सिभील ईन्जिनियरिङ अध्यापन भैरहेको शिक्षालयमा प्रयाप्त कक्षाकोठा नहुँदा विद्यार्थीहरु ठुलो समस्या खेप्दै आएका छन् ।

दिनहुँ आफ्नो पठनपाठनमा समस्या हुने गरेको वृष बहादुर सिंह बहुप्राविधिक शिक्षालयका प्रिन्सीपल जिवनदत्त पन्तले बताए । उनले भने अहिले करिव १५० जना बिद्यार्थीहरु अध्ययन गरिरहेका छन् । अब यो आर्थिक बर्षमा पनि बिद्यार्थी थपन्छिन् तर भवन नहुदाँ समस्या भएको छ । यता प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल लाई सोध्दा उक्त बिषयमा आफुलाई जानकारी नभएको र शिक्षालयका शिक्षकलाई सोध्नु भनेर जफाव दिएका छन् । तर प्रमुख जिल्ला अभिकारी नै सो प्राबिधिक शिक्षालयका संचालक समितिको अध्यक्ष रहने विनियम रहेको छ ।

अनमोल निर्माण सेवाका संचालक तथा ठेकेदार हेमन्त भण्डारीले भने निमार्ण सामाग्री आई सकेको छ अब तत्काल निमार्ण कार्य सुरु हुन्छ । बझाङ्गी जनताका छोराछोरी आफ्नै ठाउँमा प्राविधिक शिक्षा पढ्न पाउँदा हर्षित छन् तर यहाँका जो सरोकारवाला निकायका प्रमुखहरुको लाप्रवाहिले बिद्यार्थीको पठनपाठनमा प्रभाव प्रदै गएको छ । जिल्ला प्रमुखलाई सोधे ठेकेदारलाई दोस दिन्छन् ।ठेकेदारलाई सोधे काम भैरहेको छ अब हुदै छ भनेर जबाफ आउन्छ तर सम्बन्धित ठाउँमा काम भएको हुदैन पिडा जती सोझा जनताको छोराछोरीले खेपीरहेका हुन्छन् ।  यस्ता कार्यहरुको छिट्टै सामाधान गरी गुण स्तरीय शिक्षा दिन आवश्यक छ ।

चर्चामा

सम्बन्धित समाचार