बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • देश
  • आज सात ओटै प्रदेशले बजेट सार्वजनिक गर्दै

आज सात ओटै प्रदेशले बजेट सार्वजनिक गर्दै

  • बुधबार, असार १, २०७९
आज सात ओटै प्रदेशले बजेट सार्वजनिक गर्दै

काठमाडौं — बुधबार सातओटै प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछन्। अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार सबै प्रदेशले हरेक असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ।

जसअनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन्। प्रदेश सरकारले आ-आफ्नो प्रदेश अनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन्। खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ। सातओटै प्रदेश सरकारको चालु आवको बजेट २ खर्ब ६१ अर्ब रहेको छ।

चर्चामा

सम्बन्धित समाचार