बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाचार
  • २०० वर्षअघि डुबेको जहाजमा भेटियो खर्बौंको खजाना

२०० वर्षअघि डुबेको जहाजमा भेटियो खर्बौंको खजाना

  • सोमवार, जेष्ठ ३०, २०७९
२०० वर्षअघि डुबेको जहाजमा भेटियो खर्बौंको खजाना

कोलम्बिया नजिकैको क्यारेबियन सागरमा दुईवटा प्राचीन जहाजको अवशेष फेला परेको छ । कोलम्बियाका राष्ट्रपति इवान डुकका अनुसार कोलम्बियाली नौसैनिकले ती जहाज पत्ता लगाएका हुन् ।

नौसेनाका अधिकारीहरू लामो समयदेखि समुद्रमा डुबेका सान जोस ग्यालियनको खोजी गरिरहेका थिए । त्यहीँ ठाउँकै नजिक उनीहरुले दुईवटा थप ऐतिहासिक जहाज फेला पारेका हुन् ।

सान जोस ग्यालियनलाई इतिहासकारहरूले खर्बौंको खजाना मान्दछन् । सान जोस ग्यालियन जहाज सन् १७०८ मा कोलम्बियाको क्यारेबियन बन्दरगाह कार्टाजेना नजिकै डुबेको थियो । समुद्रमा डुबेको उक्त जहाज सन् २०१५ मा फेला परेको थियो । जहाजको भग्नावशेषको स्वामित्वको विषयमा लामो समयदेखि विवाद चल्दै आएको थियो ।

नौसैनिक अधिकारीहरूका अनुसार समुद्रमा रिमोटबाट चल्ने वाहन (आरओभी) ९ सय मिटरको गहिराईसम्म पुगेको थियो, जहाँ उक्त जहाज फेला परेको थियो । उक्त आरओभीले अन्य दुई वटा जहाजका भग्नावशेष पनि पत्ता लगायो, जसमा एउटा औपनिवेशिक कालको डुंगा र अर्को स्कूनर थियो । जुन झण्डै २ सय वर्ष अगाडि स्वतन्त्रताका लागि स्पेनविरुद्ध भएको युद्धको समयको मानिन्छ ।

उक्त भग्नावशेषका तस्वीरहरू सार्वजनिक भएका छन् जसमा सुनका सिक्का तथा सुनका अन्य सामानहरू देखिएका छन् । साथै सन् १६५५ मा निर्मित तोप पनि फेला परेको छ । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार