शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बुढिनन्दा नगरपालिका कुरुकी कला धामीलाई आर्थिक सहयोग

बुढिनन्दा नगरपालिका कुरुकी कला धामीलाई आर्थिक सहयोग

  • आइतवार, जेष्ठ २९, २०७९
बुढिनन्दा नगरपालिका कुरुकी कला धामीलाई आर्थिक सहयोग

कालिका उपाध्याय — बाजुराको बुढिनन्दा नगरपालिका वडा नं चार कुरु निवासि कला धामीलाई आर्थिक सहयोग भएको छ । करिब दुई बर्ष अगाडि श्रीमानको मृत्यृ पश्चात साहारा बिहिन बनेकाे समाचार बिभिन्न मिडीयामा प्रकाशन भएपछि उनलाई आर्थिक सहयोग जुटेको हो ।

बुढिनन्दा नगरपालिका वडा नं चार घर भई हाल रोजगारिको सिलसिलामा मलेसियामा रहेका गोरख धामीले १५ हजार आर्थिक सहयोग गरेकाे बताएका छन । चार वटा छोरि सासु र आफु गरि ६ जनाको जिम्मेवारि आफ्नै काँधमा लिदै आएकी धामीलाई केहि सहज होस भन्ने उद्धस्यले आर्थिक सहयोग गरेको धामीले बताएका छन ।

सानै उमेरमा बुबा गुमाएका धामीले दुख पिडा कस्तो हुन्छ भन्ने महसुस गरेकाले अरुको दुख देख्न नसकिने भन्दै उनलाई सहयोग गरेको बताएका छन ।

आर्थिक अभाव झेल्दै आएको धामीको परिवारलाई जुटेको सहयोग मध्य ५ हजार नगद र बाँकि १० हजार को लुगा, जुत्ता, चप्पल, पाल लगायत घरमा आवस्यक सम्पुर्ण सामान खरिद गरि हस्तान्तरण गरिएको जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार