बुधबार, बैशाख १९, २०८१

गजल!

  • शनिबार, जेष्ठ २८, २०७९
गजल!

देशमा कहिले बाडी र कहिले भुंइचाल आउँछ
उस्तै राजनीति भित्र समेत खुबै बबाल आउँछ।

हिंजो आज न कामछ न आरामछ जनता लाई
देशमा सधै भरी किन महंगीको उछाल आउँछ।

कात्रोनै बेचेर धन कमाउँनेहरूको सरकार हुंदा,
राहतकै नाउमा बिक्न बजारमा तिर्पाल आउँछ।

मख्ख छन सरकारका ठेकेदार आपत बिपतमा,
उनैलाई बिदेश बाट नै सत्ताको रसताल आउँछ।

सोध ए नेता कर्णालिमा गई एक पटक उनैलाई,
प्रत्येक बर्षमा घर भित्र किन अनिकाल आउँछ।

छैन यही सरकार सँग जुन सवालको उत्तर रत्ती,
भन त सेतेलाई किन यस्तायस्ता सवाल आउँछ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार