आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • बडिमालिका
  • आईएनएफ नेपालद्धारा सरसफाई नमुना टोलको अनुगमन

आईएनएफ नेपालद्धारा सरसफाई नमुना टोलको अनुगमन

  • शनिबार, जेष्ठ २८, २०७९
आईएनएफ नेपालद्धारा सरसफाई नमुना टोलको अनुगमन

बाजुरा — आईएनएफ नेपालको आयोजनामा बडिमालिका नगरपालिका भित्रका सरसफाई नमुना टोलको अनुगमन गरिएको छ । अनुगनमा बडिमालिका नगरपालिकाका १२ ओटा टोल मध्य केही टोलको सयुक्त अनुगमन गरिएको छ ।
टिआर फन्टको आर्थिक सहयोग आईएनएफ नेपालको प्राबिधीक सहयोग र बडिमालिका नगरपालिकाको समन्वयमा सरसफाई लगायतका कार्यक्रमहरुको प्रभावकारीता सम्बन्धी तालिमको आयोजना गरिएको आईएनएफ नेपालका जिविको पार्जन संयोजक खेम मिश्रले बताए ।

No description available.
अनुगमनमा बडिमालिमालिका नगरपालिका कार्यबाहक नगरप्रमुख डम्मर महत, बडिमालिका नगरपालिका वडा न ८ का वडा अध्यक्ष चन्द बहादुर थापा, वडा नम्मर ९ का वडा अध्यक्ष सुर्यकिरण बिक, बडिमालिका नगरपालिकाका निमित्त प्रमख प्रशासिकय अधिकृत रंगमल बिक, कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरी पनेरु, गैसस महासंघका अध्यक्ष कृष्ण अधिकारी पत्रकार लगायतको सयुक्तरुपमा अनुगमन गरिएको थियो ।
टोलहरुमा गठन गरिएका सरसफाई टोल समितिहरुको काम र प्राभबकारीता के कस्तो रहेको छ भन्ने बिषयमा अनुगमन गरिएको आईएन एफ नेपालले जनाएको छ । जताततै फोहोर बढेर दुुर्गन्धित हुन थालेपछि सरसफाई गर्ने कार्य महिलाहरुको क्षेमता अभिबृद्धि गरेर सरसफाई अभियानमा जुट्न आईएनएफ नेपालले प्राबिधीक सहयोग गरेको जनाएको छ ।

No description available.
आईएनएफ नेपालले पलाष्टीकजन्य पदार्थबाट टोकरी नाग्ला, डाला लगायतका साम्रगी बनाएर आयआर्जनका कार्यमा समेत लाग्न तालिम समेत दिएको आईएनएफ नेपालले जनाएको छ । आईएनएफ नेपालले बिगत लामो समय देखी जिल्लाका बिभिन्न स्थानिय तहमा आयआर्जन खानेपानी सरसफाई लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार