शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • अस्पताल बाजुरामा आर्थिक अभाब जिवनमरणको दोसाधमा १ महिनाको बच्चा

अस्पताल बाजुरामा आर्थिक अभाब जिवनमरणको दोसाधमा १ महिनाको बच्चा

  • शुक्रबार, जेष्ठ २७, २०७९
अस्पताल बाजुरामा आर्थिक अभाब जिवनमरणको दोसाधमा १ महिनाको बच्चा

बाजुरा–जिल्ला अस्पताल बाजुरामा एक महिनाको बच्चा जिवनमरणको दोसाधमा रहेको छ । जगन्नाथ गाउँपालिका ४ बस्ने १९ बर्षिय सिर्जना परिवारको छोराको टाउको अप्रेसन गर्नुपर्ने चिकित्सले वताएका छन् ।
बच्चाको टाउको पानि जमेको छ । टाउको सामान्यतया भन्दा धेरै ठुलो रहेको छ । टाउको अप्रेसन गरेर पानि निकाल्नुका साथै अन्य उपचार गर्नुपर्ने भएकाले अस्पताल बाजुराले कान्ति बाल अस्पताल काठमाडौ रिफर गरेको छ । अस्पताल बाजुराले थप उपचारका लागि काठमाडौ रिफर गरेको भएपनि पैसा नहुदा शिशू जिवनमरणको दोसाधमा रहेको अस्पतालमा कार्यरत डा. दिप्रेन्द्र बुढाले वताएका छन् ।
बैशाख २८ गते अप्रेसन गरेर जिल्ला अस्पताल बाजुरामा बच्चा जन्माइएको थियो । अस्पताल बाजुराले टाउकोमा पानि जमेको थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाएको थियो । डडेल्धुरा अस्पतालले यहाँ सम्भब नभएको भन्दै काठमाडौ रिफर गरेको थियो, तर पैसा नभएपछि फिर्ता ल्याएको बुवा गौतम परिवारले वताएका छन् । डडेल्धुरा सम्म अस्पताल बाजुराले एम्बुलेन्समा पठाएको थियो ।
डडेल्धुराले रिफर गरेको थियो पैसा नभएर आफन्तले फिर्ता ल्याए, अहिले अस्पताल बाजुरामा अक्सिजनका साहारामा बच्चा बाचिँरहेको डा. दिप्रेन्द्र बुढाले वताए । टाउको अनिवार्य अप्रेसन गनुपर्ने रहेको छ, अहिले जेनतेन गरेर बच्चालाइ बचाइरहेका छौ, काठमाडौ थप उपचारका लागि नलगे बच्चा बाँच्ने सम्भाबना निकै न्युन रहेको बुढाले वताए ।
अक्सिजन निकालेको पाँच मिनेट पछि बच्चालाई शरिरमा अक्सिजन अभाब हुने भएकाले लगातार अक्सिजन लगाइराख्नु पर्ने रहेको अस्पतालले जनाएको छ । छोराको उपचारका लागि धेरै हारगुहार गरेका छौ, कतै बाट सहयोग नपाएपछि थप उपचारका लागि काठमाडौ लिन नसकेको आमा सिर्जना परिवारले वताईन् । सिर्जनाको पहिलो बच्चा मरेको जन्मेको थियो, यो दोस्रो बच्चा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार