बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • कला /साहित्य
  • क्रान्तिकै नाममा युवा उठाउन थाल्छन

क्रान्तिकै नाममा युवा उठाउन थाल्छन

  • बुधबार, जेष्ठ २५, २०७९
क्रान्तिकै नाममा युवा उठाउन थाल्छन

घरमा थोरै रुष्ट भए फकाउन थाल्छन,
पराया ले समेत हात समाउन थाल्छन।

यो अरूको अमानतहो भन्ने थाहा हुँदा,
समेत अनेक सपना सजाउन थाल्छन।

बिडम्बनानै हो पराया कुकुरकै मोहमा,
आफ्नो जिग्री साथी धपाउन थाल्छन।

मानिसको जात कति स्वार्थि हुन्छ भाई,
स्वार्थपुराभए आफ्नो अघाउन थाल्छन।

जो जो हुन्छन कात्रो चोरेर बेच्ने दाउँमा,
उन्ले मुर्दाघरमै साइनो लगाउन थाल्छन।

आज ज जस्लाई नेता बन्ने रहर पलायो,
क्रान्तिकै नाममा युवा उठाउन थाल्छन।

चर्चामा

सम्बन्धित समाचार