• होमपेज
  • समाज
  • एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा युवासंघ अछामका पूर्व अध्यक्ष पक्राउ

एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा युवासंघ अछामका पूर्व अध्यक्ष पक्राउ

  • आइतवार, जेष्ठ २२, २०७९
एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा युवासंघ अछामका पूर्व अध्यक्ष पक्राउ

अछामका एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा युवासंघ अछामका पूर्व अध्यक्ष पक्राउ परेका छन्। काठमाडौंको मध्य बानेश्वरमा २०७८ फागुन २६ मा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले युवासंघ अछामका पूर्व अध्यक्ष कपिल भण्डारीलाई पक्राउ गरेको हो।

उनले अछामको मंगलसेन नगरपालिका–३ घर भई मैतीदेवी बस्ने ३१ वर्षीय कमनसिंह बोगटीलाई खुकुरी प्रहार गरेका थिए। भण्डारीलाई धरानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले जानकारी दिए।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बोगटीको शरीरमा ४४ ओटा टाँका लगाइएको थियो। बोगटी नेकपा एमाले निकट युवा संघमा आवद्ध रहेका बताइएको छ। खुकुरी प्रहारमा भण्डारीको संलग्नता खुलेसँगै वैशाख १९ गते राष्ट्रिय युवा संघका संयोजक किरण पौडेलले उनलाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको पार्टी कमिटीलाई जानकारी गराएका थिए।

चर्चामा

सम्बन्धित समाचार