बुधबार, बैशाख १९, २०८१

कबिता ( जीत )

  • शुक्रबार, जेष्ठ २०, २०७९
कबिता ( जीत )

नामले राम्रो हुन्न कोही,कामले हुन्छ राम्रो ।
देश बिदेश चम्कीराछ,मूल प्रबाह हाम्रो ।।

कति आए धमिल्याउन ,मूल प्रबाहको छवि।
गलत तत्वलाइ पन्छाउदै,बढिराछ अघि ।।

कतिले त खानै खोजे,त्यही भित्र बसि।
गद्दारलाइ पहिचान गर्न, लगादियो कसी।।

ढिलो चाडो गद्दारहरु,पकडमा आए।
साधारण सदस्य नरहने गरि,कारबाही सम्म खाए।।

फेरि पनि आउनेछन्,उतार चढाबहरु।
उदाउनेछन् संघलाई मास्न,नया गद्दारहरु।।

संघको नियम नमान्नेलाइ,सधै किनारा लगाउ।
यसको लक्ष्य उद्देश्यको ,प्रशिक्षण चलाउ।।

संघमा बसि काम गर्न, सजिलो हुने छैन।
महत्वाकांक्षी ब्यक्तीत्वहरु,यसमा अटाउदैन।।

समाजको भलो हुने,बिचार अघि सारौ।
ब्याक्तिबादी चिन्तनलाई,धरासायी पारौ।।

सबैले आफैलाइ सुधार ,गर्न खोजौ।
असजिला कामहरु अघि सरि रोजौ।।

आम जनताको समस्याको,समाधानमा लागौ।
उत्पीडित बर्गहरुलाइ,सधैं अघि सारौ।।

यो संघ हो कार्यकर्ता,निर्माण गर्ने खानी।
बनाउ सबले प्रकाशन,अध्ययन गर्ने बानी ।।

प्रबासीका समस्यालाई,स्वदेश सम्म लग्यो।
मताधिकारको बिषयमा बर्तमान सरकार,सकारात्मक बन्यो ।।
प्रबासबाटै मत दिन,मिल्छकी अधिकार।
बन्न नपरोस् नैसर्गिक ,अधिकारबाट टाढा।।

यत्ति भए अर्को हुन्थ्यो,मूल प्रबाहको जीत।
प्रबासी जनजनलाइ हुन्थ्यो ठूलो हित।।

चर्चामा

सम्बन्धित समाचार