बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • जलवायू, उर्जा तथा वातावरण कार्यक्रम अन्तरगत बडिमालिका नगरपालिकामा चुलो बितरण

जलवायू, उर्जा तथा वातावरण कार्यक्रम अन्तरगत बडिमालिका नगरपालिकामा चुलो बितरण

  • बिहिबार, जेष्ठ १९, २०७९
जलवायू, उर्जा तथा वातावरण कार्यक्रम अन्तरगत बडिमालिका नगरपालिकामा चुलो बितरण

 बाजुरा– जलवायू, उर्जा तथा वातावरण कार्यक्रम अन्तरगत बडिमालिका नगरपालिमा सुधारीएको चुलो बितरण गरिएको छ । बडिमालिका नगरपालिका र युनिसेफ नेपाल र जलवायू, उर्जा तथा वातावरण कार्यक्रमको सहयोगमा बिहिबार वडा न ८ मा चुलो बितरण गरिएको छ ।
यूनिसेफ नेपाल र बडीमालिका नगरपालिकाको संयुक्त लगानीमा जलवायू, उर्जा तथा वातावरण कार्यक्रम अन्तरगत इको जोन (कार्वन व्यापार) परियोजना संचालन भएसंगै सो कार्यक्रम संचालन गरिएको जलवायू, उर्जा तथा वातावरण कार्यक्रमका संयोजक कृष्ण शाहीले जानकारी दिएका छन ।
जसमा सुधारिएको चुलोको प्रयोग, विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा वृक्षारोपण र हरित क्षेत्र स्थापना मार्फत कार्वन उत्सर्जन घटाई, बन जंगलको संरक्षण गरी नगरपालिकालाई बार्षिक रुपमा कार्वन राजश्व प्राप्त गर्ने लक्ष्यका साथ कार्यक्रम अगाडी बढाएको कार्यक्रम संयोजक शाहीले बताए । बडीमालिका नगरपालिकालाई घर भित्रको धुवाँरहित पालिका घोषणा गर्ने अभियानका रुपमा नगरपालिकाका २ हजार घरधुरीहरुमा ३ तहको १ मुखे फलामे पंखे चुलो बितरण गरिएको उनले बताए । सुधारिएको चुलो वितरण गर्ने योजना रहेकोमा १९ गतेका देखि वडा नं. ८ बाट औपचारिक रुपमा वितरण गर्ने कार्य शुरु गरिएको उनले बताए ।
चुलो वितरण कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख अम्मर खडकाको प्रमुख आथित्यमा सो चुलो बितरण कार्यक्रम संचालन गरिएको कार्यक्रम संयोजक शाहीले बडिमालिका खवरलाई बताएका छन । कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष चन्द्र बहादुर थापाको समन्वयमा उपभोक्ताहरुलाई चुलो हस्तान्तरण गरेर कार्यक्रमको थालनी गरिएको शाहीले बताएका छन ।
वितरण कार्यक्रमकै विचमा प्राविधिक टिकाराम रानाले चुलोको फाइदा वेफाइदा यसको प्रयोग गर्ने तरिकाको बारेमा उपभोक्ताहरुलाई जानकारी गराएका थिए । वितरणको पहिलो दिन चुलो वितरण कार्य सुरु भए संगै सो कार्य क्रमशः अन्य वडाहरुमा पनि संचालन गरिने कार्यक्रम संयोजक शाहीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार