सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा सदरमुकामकाे बजार क्षेत्रमा सिसि क्यामरा जडान गरिने

बाजुरा सदरमुकामकाे बजार क्षेत्रमा सिसि क्यामरा जडान गरिने

  • बुधबार, जेष्ठ १८, २०७९
बाजुरा सदरमुकामकाे बजार क्षेत्रमा सिसि क्यामरा जडान गरिने

बाजुरा — बडिमालिका नगरपालिकाले सदरमुकाम मार्तडी बजार क्षेत्रमा सिसि क्यामरा जडान गर्ने भएको छ । बजार क्षेत्रमा चोरी डकैती हुने हुदा चोरी डकैती जस्ता घटनाहरुलाई न्युनिकरण गर्न सिसि क्यामरा जडान गर्ने भएको हो ।

बडिमालिका नगर कार्यपालिकाको पहिलो बैठकले बजार क्षेत्रको ब्यबस्थापन र सिसि क्यामरा जडान गर्ने निणर्य गरेको बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताएका छन ।
पत्रकार सम्मेलनको आयोजना गर्दै बडिमालिका नगरपालिकाको पहिलो बैठैकको निणर्य सार्बजनिक गर्दै बजारमा बजारका बिभिन्न चोकमा नेपाल प्रहरीको समन्वयमा बिभिन्न चोकहरुमा सिसि क्यामरा राख्ने नगर प्रबक्ता धर्मराज पाध्यायले निणर्य सार्बजनिक गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार