सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • जिल्लाको बिकासका लागि कटिबद्धरुपमा सेवा गर्छु प्रमुख जिल्ला अधिकारी

जिल्लाको बिकासका लागि कटिबद्धरुपमा सेवा गर्छु प्रमुख जिल्ला अधिकारी

  • मङ्लबार, जेष्ठ १७, २०७९
जिल्लाको बिकासका लागि कटिबद्धरुपमा सेवा गर्छु प्रमुख जिल्ला अधिकारी

बाजुरा — केही दिन पहिला बाजुरा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा आएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले बाजुराको बिकाश र सेवामा तल्लीन भएर लाग्ने बताएका छन । जिल्लाका बाजुराको न्याय र जनताका सेवा र सद्भावमा सधैँ कटिबद्ध रहने प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताएका छन । जिल्लाको प्रमुख रुपमा आईसकेपछि शान्ती शुरक्षामा लागयतका कार्यमा जिम्मेवार बनेर काम गर्ने बताएका छन ।
जिल्ला प्रशासन कार्यालय बाजुराको बैठक हलमा मंगलबार परिचयात्मक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र ससस्त्र प्रहरी बलका प्रमुख पनि नयाँ आएकोले संगै परिचयात्मक कार्यक्रमका आयोजना गरिएको हो ।
मंगलबार पत्रकार भेटघाट तथा परिचयात्म कार्यक्रम मार्फत प्रमुख जिल्ला अधिकारीले यस्तो बताएका हुन । बाजुराका प्रमुख जिल्ला अधिकारी संग भएको पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारी , नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक सुर्य थापा र सशस्त्र बल प्रहरी बलका ससस्त्र प्रहरी नायव उपरिक्षक गँगलाल पन्त संग परिचयात्मक तथा भेटघाट कार्यक्रम गरिएको थियो ।
परिचयात्कम कार्यक्रम संगै जिल्लामा बाजुरा बासीका सवालका बिषयमा छलफल गरेका थियो ।

चर्चामा

सम्बन्धित समाचार