आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाचार
  • १६ महिने बच्चाको ३ विश्व कीर्तिमान : १९५ देशको नाम र राजधानी फरर

१६ महिने बच्चाको ३ विश्व कीर्तिमान : १९५ देशको नाम र राजधानी फरर

  • आइतवार, जेष्ठ १५, २०७९
१६ महिने बच्चाको ३ विश्व कीर्तिमान : १९५ देशको नाम र राजधानी फरर

काठमाडौं — एक–डेढ वर्षको आफ्नो बच्चाबाट तपाईंले के अपेक्षा गर्नुहुन्छ ? अलिअलि हिंड्ने, तोते बोली बोल्ने, राम्रोसँग खान सिक्ने गर्यो भने मख्ख परिन्छ । तर भारतमा एकजना बालकले १६ महिनाको उमेरमा ३ वटा विश्व कीर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखाएका छन् ।

भारतको मध्यप्रदेशको रिवामा बस्ने यशस्वी मिश्रा नामका बालकले यति सानो उमेरमा निकै विशाल स्मरण क्षमता प्रदर्शन गरी वास्तविक गुगल ब्वाय भएको प्रमाणित गरेका छन् ।

उनले विश्वका १ सय ९५ वटा देश र तिनीहरुका राजधानीको नाम कण्ठ पारेर विश्व कीर्तिमान कायम गरेका छन् । यशस्वीले गिनिज बुकमा नाम लेखाएको यो पहिलो पटक भने होइन । यसअघि उनले १२ महिनाको उमेरमै विभिन्न २६ वटा देशका राष्ट्रिय झण्डा पहिचान गरी वर्ल्ड बुक अफ रेकर्डसमा आफ्नो नाम दर्ज गराएका थिए ।

साथै यस्तो अदभूत क्षमता देखाउने विश्वको सबैभन्दा कम उमेरका बच्चाको रुपमा इन्टरनेशनल बुक अफ रेकर्डमा पनि उनको नाम दर्ज भएको छ । उनले अहिलेसम्म ३ वटा विश्व रेकर्ड आफ्नो नाममा पारिसकेका छन् ।–एजेन्सी

चर्चामा

सम्बन्धित समाचार