भाेट त हाल्याै !!

  • आइतवार, जेष्ठ १५, २०७९
भाेट त हाल्याै !!

जनक बि सि

नेपाली जनताले देश बनाउन युगाै देखि भाेट हालेका छन
भाेट पाएपछि ठुलै मानिस बनेका छन जनतालाई भने बिदेश पठाएका छन ।

विदेशमा नागरिक जनतालाई न्याय प्रणालि कहि छैन
आफ्नो देश छाेडेकाहरु मुल प्रबाह एकता समाजकाे राताे झन्डामुनि गाेलबद्द नभइ भा छैन ।

विदेशमा नेपाली नागरिकलाई यति दु:ख छैन दु:खै दु:खमा डुबेका नागरिकको मुल प्रबाह अभानेएस भन्दा अर्को अबिभावक यहाँ काेहि छैन ।

मुल प्रबाह अभानेएस नेपाली नागरिककाे मुटुको धढकन हाे
शहर गल्ली कुनाकाप्चामा दु:खमा डुबेका नागरिककाे बास्तविक प्याराे घर हाे ।

भाेट त हामी पटकपटक हाल्याै बिदेश मै फन्केका छाै हाम्रो मताधिकार प्राप्त गर्न संघर्षमा जुटेका छाै ।

मताधिकार प्राप्त गर्न प्रबाश स्थित मुल नारा बनाएका छाै
मताधिकार दिनु पर्दछ अर्न्तरास्ट्रिय कानुन बमोजिम बाेलेका छाै ।

मताधिकार दिनु पर्दछ , महामहिम रास्ट्रपति बाेलेर मात्र हुदैन ,
सर्बोच्च अदालतले केही वर्ष पहिल्यै निर्देशन गरेकाे सरकारले कार्यन्वयन गर्दै गरेन ।

मताधिकार अधिकार बारे हाम्रो नैतिक बिजय पक्का भएको छ
मताधिकार तुरुन्तै कार्यन्वयन गर हाम्रो अग्रगामि संघर्ष भने चलि रहने छ ।

चर्चामा

सम्बन्धित समाचार