शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • कोल्टी बजारको खानेपानि र विधुत समस्यालाई तत्कालै समाधान गर्ने बुढिन्नदा नगरपालिकाका जनप्रतिनधीकाे घाेषणा

कोल्टी बजारको खानेपानि र विधुत समस्यालाई तत्कालै समाधान गर्ने बुढिन्नदा नगरपालिकाका जनप्रतिनधीकाे घाेषणा

  • बुधबार, जेष्ठ ११, २०७९
कोल्टी बजारको खानेपानि र विधुत समस्यालाई तत्कालै समाधान गर्ने बुढिन्नदा नगरपालिकाका जनप्रतिनधीकाे घाेषणा

बाजुरा —  बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बाेहरा लगायत जनप्रतिनीधीकाे पदभार ग्रहण पछी पहिलाे बैठकले नगरकाे यस नगरपालिका भित्र देखिएको संचारको समस्या, कोल्टी बजारमा रहेको खानेपानि तथा विधुतको समस्यालाई तत्कालै समाधानका लागि पहल गर्ने निर्णय गरिएको छ । नगरपालिका भित्र देखिएको संचारको समस्या, कोल्टी बजारमा रहेको खानेपानि तथा विधुतको समस्यालाई तत्कालै समाधानका लागि पहल गर्ने निर्णय गरिएको हाे । मानव जिवनमा पहिलो कुरा स्वास्थ्यमा सुधार आवश्यक रहेको हुँदा नगरपालिका अन्तर्गतको प्राथमिक स्वास्थ्य चौकी कोल्टी र अन्य सम्पुर्ण स्वास्थ्य संस्थाहरुको पुर्वाधार तथा व्यवस्थापनमा व्यापक सुधार ल्याई नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय गरिएको छ ।

बुढीनन्दा नगरपालिकाले प्रतेक वर्ष प्राविधिक शिक्षा अध्ययन गर्ने नगरपालिका भित्रका कम्तीमा पाँच जना हलिया, खलिया, जनजाति र मुस्लीम समुदायका विद्यार्थिहरुलाई प्रोत्साहन तथा सहुलियत दिन नगर प्रमुख नगर प्रमुख छात्रबृति कार्यक्रम संचालन गर्ने पहिलो निर्णय गरेको छ । आज नगर प्रमुख जनक कुमार वोहोरा र उपप्रमुख राम बोहोराले पद वहाली गर्दै उक्त निर्णय गरेकाे नगरपालिकाले जनाएकाे छ । आर्थिक अभावका कारण प्राविधिक शिक्षा पढ्न नसकेका विद्यार्थिहरुलाई सहयोग गर्नका लागि नगर प्रमुख छात्रबृति कार्यक्रम संचालनमा ल्याएको र प्रतेक वर्षमा नगरपालिकाका ५ जना विद्यार्थिलाई छात्रबृति उपलब्ध गराउने नगर प्रमुख वोहोराले बताएका छन् ।

बुढीनन्दा नगरपालिकामा रहेका गर्भवति महिला तथा अन्य विरामीहरुका लागि निशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने पनि निर्णय गरेको छ । यस नगरपालिकामा रहेका गर्भवति महिला तथा अन्य विरामीलाई स्वास्थ्य संस्थामा सम्म सहज रुपमा पुगाउनका लागि चौविसै घण्टा निशुल्क एम्वुलेन्स सेवा संचालन गर्ने निर्णय गरिएको छ ।

यस्तै विभिन्न भैपरि आउने समस्या तथा जोखिमलाई मध्यनजर गर्दै हेलो मेयर कार्यक्रम संचलन गर्ने निर्णय समेत गरेको नगरपालिकाले जनाएकाे छ । नगरपालिका भित्र कुनै पनि ठाउँमा वाढि पहिरो गएमा, नगरपालिका प्रति कुनै गुनासो भएमा, यातायात भाडामा ठगेमा, सरकारी कार्यालयमा समयमै काम नभएमा लगायतका विविध समस्यालाई समाधान गर्नका लागि हेलो मेयर कार्यक्रम संचालन गर्ने निर्णय गरिएको नगर नगरपालिकाले जनाएकाे छ ।  नगरपालिकालाई भ्रष्टचारमुक्त नगरपालिका वनाएर शुशासन कायम गर्ने र नगरपालिकावाट प्रदान गर्ने सेवा सुविधा छिटो छरितो गर्ने र आज गरेको यी पाँच वटा निर्णयलाई तत्काल नै कार्यान्वयन गर्ने  नगर प्रमुख बाेहराले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार