शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाज
  • बझाङको बित्थडचिर सहकारी संस्था बाट ५ लाख चोरी

बझाङको बित्थडचिर सहकारी संस्था बाट ५ लाख चोरी

  • मङ्लबार, जेष्ठ १०, २०७९
बझाङको बित्थडचिर सहकारी संस्था बाट ५ लाख चोरी

अर्थ जङ शाही/ बझाङ — बझाङको एक सहकारी संस्थामा चोरी भएको छ। बित्थडचिर गाउँपालिका–२ स्याँडी स्थित बित्थडचिर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्याँडीबाट नगद ५ लाख २१ हजार ८ सय ५ रूपैयाँ चोरी भएको हो।

आइतबार अज्ञात व्यक्तिले उक्त संस्था रहेको भवनको मुल ढोकाको ताला फोडेर सेफलाई लगेको र सेफ टोडेर उक्त रकम चोरेको प्रहरीले जनाएको छ। उक्त सेफ भवनदेखि अन्दाजी २ सय मिटर टाढा फेला परेको थियो।

चोरीमा संलग्न फरार रहेका व्यक्तिहरूको खोजी गर्नुका साथै उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार