आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाचार
  • कस्तो अनौठौं छाता, मूल्य डेढ लाख !

कस्तो अनौठौं छाता, मूल्य डेढ लाख !

  • शनिबार, जेष्ठ ७, २०७९
कस्तो अनौठौं छाता, मूल्य डेढ लाख !

दर्के झरीमा ओत लाग्न होस् वा घामको चर्को राप छल्न, छाता चाहिन्छ । छाता बहुउपयोगी बस्तु हो । यद्यपि छाताको प्रयोजन पानीबाट ओत लाग्न नै हो ।

तर, यहाँ चर्चा गरिएको छाता ओत लाग्न काम लाग्दैन । जबकि यसको मूल्य डेढ लाख रुपैयाँ छ । पत्याउन पनि गाह्रो !

तर इटालीको हाइ एण्ड लक्जरी फेसन हाउस गुच्ची तथा जर्मन पोर्टस्वेयर ब्राण्ड एडिडासले मिलेर यस्तो अनौठो छाता बनाएका छन् ।

यो छाताको चर्चा सोसल मिडियामा निकै भैरहेको छ । आखिर त्यो छातामा त्यस्तो के छ जसले पानी ओत लाग्न सक्दैन तरपनि मोटो रकम पर्दछ ?

वास्तवमा यो छाता फेसनको दृष्टिले निकै उत्कृष्ट छ र यसले घामबाट बचाउनेछ । झरीका लागि भने यो बेकार छ । अर्थात् यसले झरीमा ओत दिन सक्दैन । यो छाताका विषयमा गुच्ची र एडिडासले समेत प्रष्ट पार्दै यसले पानीबाट नबचाउँने बताएका छन् । यसको मूल्य झण्डै डेढ लाख रुपैयाँ पर्ने बताइएको छ ।

इटालीमा बनेको यो छातामा ८ वटा रिब्स छन् र ह्याण्डिल काठको छ । यो छातामा रातो रंगको जालीको कपडा छ। यो देख्दा छाताजस्तै देखिएपनि काम छाताको जस्तो गर्दैन ।

घामपानीबाट नजोगाउने तर मूल्य भने चर्को रहेको यो छाताप्रति चिनियाँ सोसल साइट विबोमा चर्को आलोचना पनि भैरहेको छ । यो छाताको विरुद्ध सोसल मिडियामा ह्यासट्याग पनि ट्रेण्डमा रहेको छ । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार