बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश ७
  • कञ्चनपुरमा फरक–फरक पार्टीबाट लडेका श्रीमान–श्रीमती विजयी

कञ्चनपुरमा फरक–फरक पार्टीबाट लडेका श्रीमान–श्रीमती विजयी

  • बुधबार, जेष्ठ ४, २०७९
कञ्चनपुरमा फरक–फरक पार्टीबाट लडेका श्रीमान–श्रीमती विजयी

कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा एकदम्पती नै निर्वाचित भएका छन्। दोधाराचाँदनी नगरपालिका– ७ को सदस्यमा श्रीमान सन्दीप उपाध्याय र श्रीमती कमला उपाध्याय निर्वाचित भएका हुन्। सन्दीप एमालेबाट र कमला कांग्रेसबाट चुनाव लडेका थिए।

एमालेबाट चुनावमा होमिएका सन्दीपले सात सय ५५ र कमलाले सात सय ९२ मत ल्याएर वडासदस्यमा निर्वाचित भएसँगै उपाध्याय परिवारमा खुसी छाएको छ। सन्दीपले दुई विवाह गरेका छन्। कमला उनकी जेठी श्रीमती हुन्।

चर्चामा

सम्बन्धित समाचार