शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणीमा नगरपालिकामा प्रमुख उप प्रमुखमा काँग्रेसका उम्मेदवार विजयी

त्रिवेणीमा नगरपालिकामा प्रमुख उप प्रमुखमा काँग्रेसका उम्मेदवार विजयी

  • बुधबार, जेष्ठ ४, २०७९
त्रिवेणीमा नगरपालिकामा प्रमुख उप प्रमुखमा काँग्रेसका उम्मेदवार विजयी

बाजुरा — जिल्लाको त्रिवेणी नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ९  वडा रहेको नगरपालिकाको मत गणना कार्य सकिएको त्रिवेणी नगरपालिकाकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगरपालिकाको मत गणना मत परिणाम अनुसार नेपाली काँग्रेसका कर्णबहादुर थापा र कमला जैशी(न्यौपाने) ले बाम गठबन्धनलाई पराजित गर्दै काँग्रेसका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिएका छन् ।
उनका अनुसार नेपाली काँग्रेसका कर्णबहादुर थापाले ४ हजार ७६१ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी बाम गठबन्धनका मोतिसिं बुढाले ३ हजार ५८६ मत ल्याएर पराजित भएका छन् ।
यस्तै उप प्रमुखमा नेपाली काँग्रेसकी कमला जैशी(न्यौपानें) ले ४ हजार ७४३ मत विजयी भएकी छन् । उनका प्रतिद्धन्द्धी बाम गठबन्धन तर्फमा मनराज बुढाले ३ हजार ९४ मत प्रात गरेर पराजित भएका हुन् । त्रिवेणीमा नेपाली काँग्रेसले ६ वडा र बाम गठबन्धनले ३ वडा जितेको छ ।

चर्चामा

सम्बन्धित समाचार