शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथमा गठबन्धनलाई हराउदै अध्यक्ष र उपाध्यक्षमा एमाले बिजयी

जगन्नाथमा गठबन्धनलाई हराउदै अध्यक्ष र उपाध्यक्षमा एमाले बिजयी

  • बुधबार, जेष्ठ ४, २०७९
जगन्नाथमा गठबन्धनलाई हराउदै अध्यक्ष र उपाध्यक्षमा एमाले बिजयी

बाजुरा —  जगन्नाथ गाउपालिकाको अध्यक्षमा पुन कालीबहादुर शाही निर्बाचित भएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका शाही जगन्नाथ गाउपालिकामा ०७४ सालमा पनि अध्यक्षमा निर्बाचित भएका थिए । उनले नेपाली काँग्रशेका सुन्दर बिष्टलाई दोस्रो पटक प्राजित गरेका छन् ।
शाहीले २ हजरा ३ सय १९ मत ल्याएर बिजयी भएका छन भने प्रतिद्धन्दी बिष्टले १ हजार ८ सय ७० मत ल्याएर प्राजित भएका छन् । शाहीले बिष्टको भन्दा ४ सय ४९ मत बढी ल्याएका छन् । २०७४ सालको स्थानीय तहको निर्बाचनमा १ हजार ४ सय ५१ मत ल्याएर शाही बिजयी भएका थिए । नेपाली काँग्रेशका बिष्टले ९ सय ८९ मत ल्याएर प्राजित भएका थिए । माओबादी केन्द्रबाट मनलाल खत्रीले ९ सय ३० मत ल्याएर तेस्रो नम्बरमा थिए । बैशाख ३० गते भएको स्थानीय तहको निर्बाचनमा नेपाली काग्रेश माओबादी केन्द्र र नेकपा समाजबादीको गठबन्धन रहेको छ । गठबन्धनलाई हराउदै नेकपा एमालेबाट अध्यक्ष शाही र उपाध्यक्ष बिष्ट दुबै बिजयी भएका छन् ।
उपाध्यक्षमा नेकपा एमालेकी उम्मेद्धार मरुकला बिष्ट बिजयी भएकी छन् । उनले गठबन्धनका तर्फबाट उम्मेद्धार बनेका नेकपा समाजबादीका धर्मबहादुर शाहीलाई प्राजित गरेकी छन् । नेकपा एमालेकी उम्मेद्धार बिष्टले २ हजार १ सय ८३ मत ल्याएर बिजयी भएकी छन भने गठबन्धनका उम्मेद्धार उनका प्रतिद्धन्दी शाहीले १ हजार ६ सय ८० मत ल्याएर प्राजित भएका छन् । बिष्टले शाहीको भन्दा ५ सय ३ मत बढी ल्याएकी छन् ।

चर्चामा

सम्बन्धित समाचार