बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा उच्च सुरक्षा सतर्कता

बाजुरामा उच्च सुरक्षा सतर्कता

  • मङ्लबार, जेष्ठ ३, २०७९
बाजुरामा उच्च सुरक्षा सतर्कता

बाजुरा–बाजुराको जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । बडिमालिका नगरपालिकाकाको मतगणना सकिनै लाग्दा सदरमुकाम मार्तडीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
त्यस्तै बुढिनन्दा नगरपालिका ८ मा मतदान स्थल र बुढिनन्दा नगरपालिकामा सुरक्षा बढाइएको छ । अन्योलमा रहेको बुढिगंगा नगरपालिकामा सुरक्षा बढाइएको प्रहरीले जनाएको छ । मंगलबार बिहानैदेखि बाजुराको सदरमुकाम मार्तडीका मुख्य चोक र गौडाहरूमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्लास्थित सुरक्षा अधिकृतहरूले जनाएका छन् । बडिमालिकाको अन्तिम नतिजापछि हिंसात्मक घटनाहरू हुनसक्ने आकलन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो ।
बाजुरा सदरमुकाम मार्तडीमा मतदानकै दिनदेखि राति-राति दोहोरो झडप र ढुंगामुढा प्रहारका घटनाहरू भइरहेका छन् । पालिकाको अन्तिम मत परिणामपछि हिंसाका थप घटना हुन सक्ने जोखिम रहेको भन्दै सुरक्षा व्यवस्था चुस्त बनाइएको हो ।
अहिलेसम्म मतगणना गर्ने अथवा पुनः निर्वाचनमा जाने भन्ने टुंगो नलागिसकेको बुढीगंगा नगरपालिकाका लागि आउन सक्ने जुनसुकै निणर्यको असर पनि सदरमुकाममा पर्न सक्ने सुरक्षा निकायको अनुमान छ । एमालेले मतगणना हुनुपर्ने अडान राखिरहेको छ भने केही मतदान केन्द्रहरूमा पुनः मतदान हुनुपर्ने कांग्रेसको अडान छ ।
निर्वाचन आयुक्त सगुन सम्शेर जबराको टोलीले आइतबार बाजुरा पुगेर बुढीगंगा घटनाको अध्ययन गरी सोमबार फर्किएको छ । सोमबार नै आयोगले बुढीगंगाको निणर्य दिने जानकारीमा आएको छ । बाजुरामा ३ वटा पालिकाको मतगणना सकिसकेको छ । ४ पालिकामा मतणना जारि भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार