शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • बुढीनन्दा नगरपालिका ८ मा जेष्ठ ३ गते पुन मतदान हुने (सुचना सहित )

बुढीनन्दा नगरपालिका ८ मा जेष्ठ ३ गते पुन मतदान हुने (सुचना सहित )

  • आइतवार, जेष्ठ १, २०७९
बुढीनन्दा नगरपालिका ८ मा जेष्ठ ३ गते पुन मतदान हुने (सुचना सहित )

बाजुरा — दोहोरो झडप पछि स्थगित भएको बुढीनन्दा नगरपालिका ८ मा जेष्ठ ३ गते पुन मतदान हुने भएको छ । बैशाख ३० गतेको स्थानिय तहको निर्बाचनमा १ सय ३६ मत खसेपछि दोहोरो झडप सुरु भइको थियो । झडप नियन्त्रणको लागि प्रहरीले हवाई फाएर समेत गरेको थियो । स्वतस्फुर्त मतदान गर्ने बाताबरण नबनेकोले पीस क्रेटर एकेडेमी स्कुलमा रहेको मतदान स्थलमा पार्टीका कार्यकर्ता बिच दोहोरो झडप भएकोले सुरक्षा स्थिति नियन्त्रण भन्दा बाहिर गएकोले मतदान स्थगित गरिएको थियो ।
निर्बाचन अधिकृत्तको कार्यालय बुढीनन्दा नगरपालिकाले आईतबार बिज्ञप्ती निकालेर जेष्ठ ३ गते बिहान ७ बजेबाट साझ ५ बजेसम्म पुन मतदान हुने बताएको छ । कडा सुरक्षाका बिच मतदान हुने निर्बाचन अधिकृत्तको कार्यालयले जानकारी दिएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार