बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • जुम्लाको कनकासुन्दरी-८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानलै बिजयी

जुम्लाको कनकासुन्दरी-८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानलै बिजयी

  • आइतवार, जेष्ठ १, २०७९
जुम्लाको कनकासुन्दरी-८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानलै बिजयी

जुम्ला — कनकासुन्दरी गाउँपालिका-८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ । दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रुपमा धनबहादुरलाई अघि सारेका थिए । उनीहरुले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए ।

संघीयता आएपछि दलितको मुक्ति हुन नसकेको भन्दै दलितको नेतृत्व बिना वडामा समृद्धि हुन नसक्ने भन्दै उनीहरुले दलको टिकट लिएनन् । धनबहादुरले २ सय ८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका हुन् ।

उनका प्रतिद्धन्द्धी काँग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याएर पराजित भए । वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका हुन् । महिला सदस्यमा काँग्रेसकी रामुदेवी काफ्लेले जितिन् ।

दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल बिजय भइन् । कनकासुन्दरी ८ मा वडाध्यक्ष सहित ४ जना स्वतन्त्र उम्मेदवार जितेका हुन् ।

एक जना महिला सदस्य मात्र कांग्रेसबाट बिजय भएको निर्वाचन अधिकृतको कार्यालय कनकासुन्दरीले जनाएको छ । अहिले दलित वस्तीमा खुसीयाली र्‍याली निस्किएको छ ।

उनीहरुले निर्वाचन अधिकृतको कार्यालयदेखि वडा नम्बर ८ सम्म बाजागाजा र नाराजुलुस सहित बिजय र्‍याली निकालेका छन् ।

चर्चामा

सम्बन्धित समाचार