शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • पेट्रोल र डिजेलमा प्रतिलिटर १०-१० रूपैयाँ मूल्य बढ्यो

पेट्रोल र डिजेलमा प्रतिलिटर १०-१० रूपैयाँ मूल्य बढ्यो

  • शनिबार, बैशाख ३१, २०७९
पेट्रोल र डिजेलमा प्रतिलिटर १०-१० रूपैयाँ मूल्य बढ्यो

सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रूपैयाँ मूल्य बढाएको हो।

नयाँ मूल्य आज मध्यरातदेखि लागू हुनेछ।

निगमका अनुसार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल समेतको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर १० रूपैयाँ वृद्धि गरेको हो।

योसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेल र मट्टितेलको नयाँ खुद्रा विक्री मूल्य १५३ रूपैयाँ कायम गरिएको छ।

निगमका अनुसार एलपी ग्यास तथा हवाई इन्धनको विक्री मूल्य भने हाललाई यथावत राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार