बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदह १ मा काँग्रेसका उम्मेदवार रावल बिजयी

खप्तड छेडेदह १ मा काँग्रेसका उम्मेदवार रावल बिजयी

  • शनिबार, बैशाख ३१, २०७९
खप्तड छेडेदह १ मा काँग्रेसका उम्मेदवार रावल बिजयी

बाजुरा — खप्तड छेडेदह गाउँपालिका वडा न १ को प्रारम्भीक नतिजा अनुसार नेपाली काँग्रेसका उम्मेदवार बिर बहादुर रावल बिजयी भएका छन । उनका प्रतिद्धन्दी नेकपा एमालेका दान बहादुर रोकायालाई पराजित गर्दे रावल बिजयी भएको जनाएको छ । विजयी रावलले ६ सय ९ र राेकायाले ५ सय ७० मत ल्याएका छन् ।

विजयी रावल २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्ष विजयी भएका थिए । अघिल्लो महिना मात्रै नेकपा एमाले परित्याग गरेका उनलाई कांग्रेसले वडाध्यक्षको उम्मेदवार बनाएको थियो । साबिकको काँडामा गठबन्धन भएको थिएन भने कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा हुने आकलन गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार