बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • नेटवर्किंग जञ्जाल!

नेटवर्किंग जञ्जाल!

  • शनिबार, बैशाख ३१, २०७९
नेटवर्किंग जञ्जाल!

सुरेशकुमार पान्डे — पञ्चायति ब्यबस्थाले थिचोमिचो परेकाहरू यो ब्यबस्था फाल्न क्रान्तिको बाटो छोप्नैपर्छ हामीले देशभित्र कृषिक्रान्ति गर्नैपर्छ का.दिनेशले लामो प्रतिक्षाण दिंदै भनेका थिए।हामि एन जिओ आई एन जिओ बाट शुरक्षित रहनुपर्छ।
का.भोलु गलु लगायतका थुप्रै समर्थकहरूको उपस्थिति थियो।गरिवीले पिल्सिएका किसान र मजदुरहरूले भरिएको गाउँमा कता कति दुईचार मुरि अन्न बेच्नेहरू पञ्चायती ब्यबस्थाका उनै कर्ता धर्ता थिए।उनैले गाउँका सोझा साझा किसानहरूलाई श्रमदान गर्न लगाएर माथि बाट आएको गावीसको वचेटलाई हिंना बिना गर्थे।यसैले आक्रोशित भयका गरिब किसान र मज्दुरहरूको गुप्त रूपमा भेला बसेको थियो।भेलामा प्रतिक्षकको रूपमा आएका क. दिनेशले जनतालाई यो ब्यबस्था बाट बिद्रोह गर्ने शिक्षा दिंदा उपस्थित सबै कामरेडहरूको जोस झन बढेको देखिन्थ्यो।
उनिहरू सबैको क्रान्तिमा बिस्वास थियो मर्न र मार्न पनि नडराउँने युवाहरूको जमात बिद्रोही बन्दै गएको थियो।
कार्यक्रममा आर्का युवा क.बिक्रमजित भने प्रवाश साखा बाट आएका थिए।
उन्ले अति ब्यबहारिक प्रतिक्षाण दिए उन्को बिचार बाट धेरै समर्थकहरूले पार्टीको सदस्य बन्ने आसा जाहिर गरे।
त्यो गाउंमा धेरैलाई उन्को बिचारले प्रभाव पार्यो।हेर्दाहेर्दै केही बर्षमै देशको ब्यबस्था फेरीयो पञ्चायती ब्यबस्था ढलेर बहुदलिय ब्यबस्था सुरूभयो।
देशभित्र एउटा माओवादी समूहले कथित जनयुद्धको थालनि गय्रो का. दिनेशले अहिले पनि संगठन बलियो बनाउँन आफ्नो सक्या सम्म बल प्रयोग गर्दै थिए।निडर भयर गाउं गाउमा हिंडे उस्तै बिक्रमजितपनि देशभित्रको कार्यक्रममा सरिक हुंदै आएकाथिए।समयले धेरै कुराहरूलाई बदल्दै लगेको थियो।जनयुद्धको सेरोफेरोमा थुप्रै निर्दोश युवाहरूले ज्यान गुमाएको देखेपछी कामरेड विक्रमजितले त्यसको घोर बिरोध पनि गर्दै संगठनलाई ब्यबस्थित रूपमा उभ्याउंन थाले दिनेशले संगठनलाई उक्त कथित जनयुद्बको पिछलग्गु बनाउन ठुलो कसरत गर्दै गयो।तरपनि विक्रमजितले देशलाई एउटा जनवादी क्रान्तिको आधार तैयार पार्ने जस्ता बिचारहरूले जनतालाई संगठित गर्नथाले।
केही बर्ष यस्तै कृयाकलापको द्वौरानमा बित्दै गयो देशमा फेरी जनाआन्दोलनको आन्धिवेरी उठ्यो र राजाले गरेको प्रतिगमनको बिरूद्धमा ठुलो आन्दोलन सुरू भएपछी उन्नाईस दिनपछी देशमा पुन बहुदलिय ब्यबस्था सुरू भयो।
देशमा विकास नभयपनि थुप्रै कुराको परिवर्तन भयो देशले सम्बिधान सभा द्वौरा नयां सम्बिधान पायो।जनताहरूले बोल्ने आन्दोलन गर्ने अधिकार पाए।कामरेड दिनेशका कयौं मित्रहरू मन्त्री सम्म बन्न सफल भए तर जनताको अवस्था पहिलेको भन्दा फरक हुँन सकेन।अब फेरी जनताको माग अनुसारको क्रान्तिकारी पार्टीलाई सुदृढगर्ने आबस्याकताछ।कामरेड दिनेशले अहिलेपनि शंघर्षश गरेकैछन।
उस्तै आर्का कामरेड बिक्रमले पार्टीलाई सुरू देखिनै क्रान्तिकारी धरातलमा खडागरेका थिए।पार्टीमा जिम्मा लिएका पढेलेखेका पार्टीका नव सदस्यहरू प्रवेस हुंदैगए पार्टी बलियो बन्दै गयो तर पार्टीभित्र प्रवेसगरेका नव युवाहरूको आचरण भने क्यारिरिष्ट हुंदै गयो।एकदिन प्रतिकृयावादीको एउटा नाइकेले यो क्रान्तिकारी धारलाई पनि सखाफ पार्ने तरिका खोज्यो आखिरकार बिदेशीको एउटा एनजीओले क्रान्तिकारीहरूमा एउटा जाल थाप्यो त्यो आर्थिक उत्पादनको जाल थियो।
बसि बसि धनि कसरी बन्ने पैसा कसरी कमाउँने यो नेटवर्किंग जाल थियो एसमा सहरका ठुलठुला हस्तिहरू पनि सामिल थिए।उनिहरूले क्रान्तिकारी संगठनका युवाहरूमा यो जाल थाप्न सुरूगरे अनि कयौं युवाहरू यसको सिकार पनि भए।अब संगठनमा थुप्रै एनजीओ आई एनजिओ र प्रतिबन्धित नेटवर्किग सञ्जालमा धेरै जसो मुछिएको त्यो पुरानो टिमले अनुभव गरेकोछ।
जहिले सम्म पकडमा आउँदैन उसलाई कसैले चोर त भनौनन् तर यस्ता ब्याक्ति धेरैलामू समय सम्म लुक्न सक्नेछैनन्।
उनिहरू कहिलेन कहिले अवस्यपनि पकडमा आउलनेछन तर संगठनलाई मात्रै होइन यस्ता ब्याक्तिहरूले देशको लागि पनि ठुलो गद्धारी गर्दै गएको महेशुस् भएकोछ।जुन देशमा कम्युनिष्ट आन्दोलनको पकडछ र निकट भबिश्यमा त्यँहा क्रान्ति हुने सम्भावनाछ त्यसता देशका युवाहरूलाई गनतब्य बिहिन गराउँन प्रतिकृयावादीहरूले बिच्छाएको नेटवर्किंग संञ्जालहो यो आई एन जि ओले क्रान्तिकारी आन्दोलन लाई बिमुख पार्ने र युवाहरूमा आर्थिक प्रलोबन देखाएर पुरै समाजलाई दुषित पार्ने उदेश्यले बिच्छाएको सञ्जालहो।यो सुरू सुरूमा युवाहरूलाई बसिबिंयालो र फ्रिमा धन प्राप्त गर्ने माध्यायम जस्तो देखिएपनि पछि उनिहरू आफु मात्रैहोइन आफु जस्तै धेरै युवाहरूलाई लतार्दै क्रान्ति बिरोधी गतिबिधिमा पुराएका हुन्छन।आर्थिक लालचले गर्दा उनिहरूले आफैले क्रान्तिबिरोधी गतिबिधी गर्दै गएका हुन्छन।
पार्टीले खटाएका पेसेवरहरूलाई यो जञ्जाल बाट समयमा मुक्त गर्न नसके पार्टीले जानि नजानी क्रान्तिको घोषित नीतिको बिरोध गर्दै गयको ब्याक्तिहरूलाई प्रोत्वसान दिएको जस्तो महशुर्स् हुन्छ।अहिले देशभित्र कयौं झोलेहरू आफुलाई पेसेवर भन्नेहरू यो काममा लागेकाछन जसले भावि कम्युनिष्ट आन्दोलनलाई नकारत्मक असर पुराउँने पक्का पक्किछ।यिनै लाल गद्धारहरूले गर्दा आज कम्युनिष्ट आन्दोलन रक्षात्मक अबस्थामा पुगेको कुरा कसैबाट लुकेको पनिछैन।देशभित्र रोजगार नभयको फाइदा उठाएर यस्ता गैरकानूनी सञ्जालहरूले देशका युवाशक्तिलाई आफ्नो आघोसमा छिट्टै लिनसक्छ्न।
हामिले सामाजिक सँग सस्थाको माध्यायम बाट एन जिओ र आइ एन जिओ को बिरोध गरिय्रौं तर एन जी ओ सबैलाई खरब भन्न मिल्दैन एउटा सामाजिक उन्नतिका लागी समाजलाई सचेत गर्नका लागि पनि संगठनको निर्माण गरिन्छ ति संग संस्था पनि एन जि ओ अन्तरगत पर्छन।
हामिले देश र जनताको बर्तमान अबस्थाको फाइदा उठाएर देशको भावि क्रान्तिकारी आन्दोलनलाई नोक्सान पुराउन खोज्ने तमाम आइ एन जि ओ र एन जि ओ समेतको भण्डाफोर्ड गरेर जानुपर्छ।र पार्टी संगठनलाई यो गतिबिधि बाट जोगाउँने हामि सबैको क्रतब्य हुन्छ।पार्टी संगठनका पेसेवर कार्यक्रताले त यस्तो सञ्जालको नजिक जानुपनि नमिल्ने कुराहो तर यँहा धेरैजसो पार्टीको झोला बोकेकाहरूले पार्टीको आडमा यो कृयाकलाप गरेको देखिन्छ।स्वायम संगठनका पेसेवरहरू समेत यो सञ्जालमा लागेको देखिन्छ।यि भ्रष्ट ब्याक्तिहरूको वेलामै भण्डा फोर्ड गरेर यो फोहोरो समाजलाई सफा बनाउँन अहिलेका देशभक्त र समाज प्रेमिहरूको जिम्मा हुन्छ।होम्रो देश अहिले आर्थिक सङ्कटमा फसेको यो अबस्थाम यिनि देशका दुश्मनहरूले देशलाई झन आर्थिक शोषण गरेर राष्ट्रघाती काम गर्दै आएकाछन त्यो मात्रैहोइन देशका होनहार युवाहरूमा यो जाल फिंजाएर क्रान्ति बिरोधी काम गरिरहेका हुन्छन।आफ्नो निजि स्वार्थका लागि गरेको यो गलत र गैरकानूनी कृयाकलापले देशको भबिस्यमाथि प्रश्न चिन्ह तेर्छाएकोछ।

चर्चामा

सम्बन्धित समाचार