शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • शिर्षक कठोर परिश्रम (कबिता)

शिर्षक कठोर परिश्रम (कबिता)

  • शुक्रबार, बैशाख ३०, २०७९
शिर्षक कठोर परिश्रम (कबिता)

युवा युवती देशलाई कता लाने,
सबै जिम्मेवारी तिम्रो काधमा छ।
तर आज तिमीहरू रक्सी र मासुमा बिकेको देख्दा,
असैय पीडा भैराछ।।

यहाँ पैसामा अाफ्नो अमुल्य भोट,
सजिलै बिकेको देखे।
देशको भबिष्य एक दुई सयको,
रिचार्ज कार्डमा टिकेको देखे।।

नेताहरुले गलत भाषण गर्दा पनि,
चिच्चाइ चिच्चाइ ताली ठोकेको देखे।
देशलाई पछाडि धकेल्ने कुचेस्टा गर्नेका,
झण्डाहरु लाभा लस्कर सहित बोकेको देखे।।

62,63 का उपलब्धिलाई निल्न खोज्नेका कार्यक्रममा,
हजारौं जनमानस जुटेको देखे।
देशको अखण्डता र सार्बभौमिकताका पक्षपातीहरु,
टुक्रा टुक्रा भइ फुटेको देखे।।

सुनेको थिए युवा युवतीले समुन्द्रको बिचमा,
फसेको चिज सजिलै ल्याउने हिम्मत राख्छन् रे।
यीनीरुले सहि बाटो अबलम्बन गरेमा,
बिश्वलाइ नै सुनौलो भबिष्यतिर हाक्छन् रे।।

त्यसैले सुन्दर देशको जिम्मा,
तिमिले नै लिनुपर्छ।
अराष्टिय तत्वहरुलाइ,
तिमीहरू एकाकार भइ मात दिनुपर्छ।।

तिमिले देशभित्रै ,
पढाइ अनुरुपको रोजगार पाउनु पर्छ।
बाध्यताले पढाइ बिदेशमा गरे पनि,
लगानी गर्न स्वदेशमै आउनुपर्छ ।।

नहोला यहाँ बिदेशका सुख सुबिधा,
त्यसको सिर्जना तिमीबाटै हुनुपर्छ ।
सबैको एकता र एकमनताले,
देश बिकामा सिखर छुनुपर्छ।।

सजिलैसँग देश सप्रिन्छ,
नहोस् कसैलाई पनि भ्रम।
एक दुई पुस्ताले गर्नैपर्छ,
सुन्दर देशको निम्ति कठोर परिश्रम।।
।समाप्त ।

चर्चामा

सम्बन्धित समाचार