शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • बाजुराको जगन्नाथमा मतादन गर्न समय भन्दा ४ घण्टा ढिलो सुरु

बाजुराको जगन्नाथमा मतादन गर्न समय भन्दा ४ घण्टा ढिलो सुरु

  • शुक्रबार, बैशाख ३०, २०७९
बाजुराको जगन्नाथमा मतादन गर्न समय भन्दा ४ घण्टा ढिलो सुरु

बाजुरा — बाजुरा बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकाको एक मतदान केन्द्रमा मतदान प्रकृया तोकिएको समय भन्दा ४ घण्टा ढिलो सुरु भएको छ । जगन्नाथ गाउँपालिकाको ढाडाकोटमा रहेको सरोस्वती माध्यामिक बिद्यालयको मतदान केन्द्रमा नेपाली काग्रेसका कार्यक्रता र नेकपा एमालेका कार्यक्रता बिच बिबाद हुँदा ढिलो भएको जनाएको छ । बिहान ७ बजे सुरु हुनुपर्ने मतदान प्रकृया बिबादका कारण १० बजेदेखी सुरु भएको सो मतदान केन्द्रका मदतादन अधिकृत प्रमिला बिष्टले जानकारी दिएकी छन ।
नेपाली काँग्रेसका कार्यक्रताहरुले मतदाताहरुलाई राति पैशा बाडीरहेको अबस्थामा फेला पारेर प्रहरीको जिम्मा दिएकोले काँग्रेस कार्यक्रताहरुले अबरोध गरेको जनाएको छ । सो बिबाद समाधान पछि १० बजेबाट मतादन प्रकृया अगाडी बढाएको प्रहरीको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार