शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • चुनावले मार्तडी बजार सुनासान बन्यो, गाउँको चहलपहल बढ्यो

चुनावले मार्तडी बजार सुनासान बन्यो, गाउँको चहलपहल बढ्यो

  • बुधबार, बैशाख २८, २०७९
चुनावले मार्तडी बजार सुनासान बन्यो, गाउँको चहलपहल बढ्यो

बाजुरा — स्थानिय तहकाे निर्वाचन नजिकिए स‌गै बाजुरा  सदरमुकाम समेत रहेको मार्तडी बजार सुनसान बनेको छ । यता गाउँघरकाे चहलपहल भने दशै र तिहारकाे जस्तै  बढेकाे देखीन्छ । स्थानीय तहको निर्बाचान आउन २ दिन बाँकी रहेको अबस्थामा मतदाता सदमुकाम छाेडेर गएपछि सदरमुकाम सुनसान बनेको हो ।
बजारमा स्थानिय भन्दा बढि ब्यापारी र अन्य मान्छेहरु सदरमुकाम बाहिरका रहेकाले सबै गाउँ तिर गएपछि सदरमुकाम सुनसान बनेको छ । अधिकांस ब्यापारीहरु मंगलबार देखी नै होटल पसल बन्द गरेर मतदान गर्न गाउँ गईसकेका छन ।
बुधबार बिहान छुटपिट खोलीएका होटल पसलहरु पनि  बन्द गरेर गईसकेका देखिन्छन। वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मार्तडी छाडेर घर जानेहरूको लर्को लागेको छ । जिल्ला बाहिर र जिल्लाका बिभिन्न गाउँमा जाने मानिसहरू धमाधम फर्किन थालेका हुन् ।
५ वर्षपछि स्थानीय तहको निर्वाचनमा भोट हाल्न जाने मतदाताहरू उत्साहित देखिन्छन् । गाउँ फर्किनेहरूको संख्या बढिरहेकोले सवारीहरूमा सर्वसाधारण खचाखच भरिएका छन् ।
सदरमुकाम मार्तडीबाट कोल्टी सम्म जान पनि महगोँ भाडा तिरेर मतदान गर्न जाने गरेको खुल्नमा आएको छ । मार्तडी कोल्टी सडक ४२ किलोमिटरमा प्रति ब्यक्ती २ हजार रुपैँया तिरेर भए पनि मतादन गर्न गाउँमा जाने गरेको पाईएको छ । कतिपय गाडीहरु उम्मेदवारहरुले नै बुक गरेर लिने गरेकाे पाइएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार